पोखरा । पोखरा रङ्गशालामा जारी सिटी रेवान महोत्सवमा शुक्रबार एक हजार १३७ वटा अन्डाको एउटै अम्लेट बनाइयो । नेपाल संवत् ११३७ को अवसरमा सिटी रेवानले ११३७ वटा अन्डाको अम्लेट बनाको हो ।

‘महोत्सवको आकर्षण पनि हुने र नेपाल संवत् सबै नेपालीको साझा संवत्का रूपमा स्थापित गर्न पनि एक हजार १३७ वटा अन्डाको अम्लेट बनाएका हौँ’, संयोजक सागर लुइँटेलले बताए । महोत्सवस्थल पोखरा रङ्गशालमै अम्लेट बनाउनका लागि आठ बाइ आठको फलामको ठूलो छुट्टै ताई निर्माण गरिएको सिटी रेवानका महासचिव दीपक तिमिल्सिनाले बताए ।

एकै पटकमा एक हजार १३७ ओटा अन्डाको अम्लेट बनाइएको नेपालमा यो पहिलो हो । यसअघि चितवनमा एक हजार अन्डाको एउटै अम्लेट बनाइएको थियो । अन्डा घोल्न करिब १५ मिनेट लागेको अम्लेट बनाउने नेतृत्व गरेका अरुण मानन्धरले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments