बर्दिवास । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ।

बर्दिवासबाट जलेश्वर जाँदै गर्दा पौडेल चढेको गाडी टाढा भन्ने ठाउँमा स्टेरिङ फेल भएर खेतमा पुगको महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए। ‘बिशान साढे ११ बजेतिर उहाँहरू चढेको गाडी सडकबाट खेततिर गएको हो, कसैलाई केही भएको छैन’, भट्टराईले भने ‘उहाँहरू अर्को गाडीमा आएर कार्यक्रममा गइसक्नु भएको छ।’

पौडेल चढेको बा च ७५५५ नम्बरको गाडी खेतमा गएर रोकिएको छ। भट्टराईले गाडी निकाल्ने प्रयास भइरहेको बताए।

twgg-advertise

Comments

comments