INSIDE AUS

अष्ट्रेलियामा विद्यार्थी भिसाका लागि आवेदन दिनुअघि थाहा पाउनैपर्ने कुराहरु

aus-visa

मेलबर्न । अष्ट्रेलियाका युनिभर्सिटीहरुले दिने शैक्षिक डिग्री विश्वमै सर्वस्वीकार्य मानिन्छ । त्यसैले अष्ट्रेलिया विश्वका धेरै देशहरुबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको हब नै बनेको छ । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको समेत प्रमुख गन्तव्य बनिरहेको छ । अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई विद्यार्थी भिसा अनिवार्य छ।

विद्यार्थी भिसाले विद्यार्थीलाई आफुले रोजेको कुनै शैक्षिक संस्थामा अध्ययन प्रयोजनको लागि अस्थायी पहुँच र बसोबासको अनुमति दिन्छ।
अष्ट्रेलियामा विद्यार्थीहरुको लेभल अनुसार फरक फरक भिसा उपलब्ध छन् । सबै प्रक्रिया पुर्याएर आवेदन दिए अष्ट्रेलियाको विद्यार्थी भिसा निकै सहज मानिन्छ । तर कहिलेकार्ही राम्रोसँग नबुझी आवेदन दिदा धेरै झन्झटिलो लाग्न सक्छ भने कतिपय अवस्थामा भिसा आवेदन नै अस्वीकृत हुन सक्छ । त्यसैले अष्ट्रेलियामा अध्ययनका लागि आउन चाहने विद्यार्थी र अभिभावकहरुको जानकारीका लागि हिमालयन कङ्गारुले यो आलेख मार्फत अष्ट्रेलियाको विद्यार्थी भिसाबारे केही कुराहरु संक्षेपमा प्रष्ट पार्ने कोशिस गरिएको छ ।

विद्यार्थी भिसाको प्रकारहरु :

अष्ट्रेलियामा आठ प्रकारका विद्यार्थी भिसाहरु उपलब्ध छन्। आफुलाई मिल्दो भिसा लिन तिनीहरू प्रत्येकमा के-के समावेस छ भनेर बुझ्न जरूरी छ। त्यसरी तपाईंले आफुलाई सबैभन्दा मिल्ने आवेदन गर्न सक्नुहुन्छ।

सात विद्यार्थी भिसाका विकल्पहरु तल सूचीबद्ध छन। प्रत्येक उप-वर्ग को बिस्तृत विवरण र तिनीहरूमा समावेश भएको सबै बुझ्नलाई कृपया जानकारी पानामा जनुहोस जुन अष्ट्रेलियन सरकारको अध्यागमन विभाग र सीमा सुरक्षा वेबसाइट Study in Australia को खोज ट्याब अन्तर्गत पाइन्छ ।

स्कूल विद्यार्थी भिसा(उपवर्ग ५७१)
व्यवसाय शिक्षा र तालिम विद्यार्थी भिसा (उपवर्ग ५७२)
उच्च शिक्षा विद्यार्थी भिसा (उपवर्ग ५७३)
स्नाकोत्तर र डक्टरेट विद्यार्थी भिसा (उपवर्ग ५७४)
गैर-पुरस्कार फाउंडेशन विद्यार्थी भिसा (उपवर्ग ५७५)
AusAID वा रक्षा प्रायोजित विद्यार्थी भिसा (उपवर्ग ५७६)
प्रवासी विद्यार्थीको लागि स्वतन्त्र अंग्रेजी भाषा गहन पाठ्यक्रम (ELICOS) विद्यार्थी भिषा (उपवर्ग ५७०)
संरक्षक भिषा (उपवर्ग ५८०)

संरक्षक भिषा विद्यार्थी भिसाको रूपमा वर्गीकृत छ, तर यो भिषा १८ वर्ष मुनिका वा असाधारण परिस्थितिमा १८ वर्ष माथिका अन्तर्राष्ट्रिय विद्यार्थीका संरक्षकको लागि हो।

विद्यार्थी भिसाको लागि आवेदन कसरी दिने ?

विद्यार्थीको भिसा आवेदन प्रक्रियामा पहिलो कदम भनेको अध्ययन गर्न चाहने पाठ्यक्रम र अध्ययन पूरा गर्न चाहने संस्था निर्धारण गर्नु हो।

आफुले इच्छाएको संस्थामा (वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्नुहोस र अनलाइन वा हुलाक मार्फत पठाउनुहोस्) सीधै आवेदन दिनुहोस् वा आफ्नो तर्फबाट काम र आवेदन प्रक्रिया मा सहायता गर्ने अष्ट्रेलियाली शैक्षिक एजेन्ट मार्फत पनि आवेदन दिन सकिन्छ। शैक्षिक संस्था सामान्यतया विभिन्न निकायहरू संग साझेदार छन् जसको विवरण तिनिहरुको आ-आफ्नो वेबसाइटबाट प्राप्त गर्न सकिन्छ।

आवेदन गरीसकेपछि तपाई छानिनु भएको (तपाईंले एक भन्दा बढी पाठ्यक्रमको लागि आवेदन गरेको अवस्थामा) पाठ्यक्रम र संस्था थाहा पाउन ‘ प्रस्ताबको चिठी’ कुर्नु पर्छ। तपाईले प्रस्ताव स्वीकार गरिसकेपछि र ‘भर्ना प्रमाणपत्र को पुष्टि’ पाइसकेपछि तपाईं आफ्नो लागि सान्दर्भिक विद्यार्थी भिसाको लागि आवेदन गर्न सक्नुहुन्छ।

आवेदन कागज व्यक्ति स्वंमले बुझाएर वा मा निम्न अनलाइन लिङ्क मार्फत वा ‘विद्यार्थी प्रवेशाज्ञा आवश्यकताहरू’ मा भेटिने प्रत्यक्ष वेब ठेगाना मार्फत गर्न सकिन्छ।

विद्यार्थी भिसाका आवश्यकताहरु

भिसा प्राप्त गर्नका लागि सामान्य आवश्यकताहरु, संगसँगै विद्यार्थी भिषा अवस्था र जानकारीको लागी Applying for a Student Visa हेर्ने सकिन्छ, जहाँबाट विद्यार्थी भिषा आवेदन फारम प्राप्त गर्न सक्नु हुन्छ।

विद्यार्थी भिसा स्तर मूल्यांकन :

हरेक विद्यार्थी भिसा आवेदन ब्यक्तिगत तवरले विचार गरिन्छ। यस कारण आवेदकका लागि उपयुक्त प्रवेशाज्ञा आवश्यकताहरू निर्धारण गर्न निष्पक्ष र कुशल प्रणालीको मूल्यांकन स्तरहरु छन।

मूल्यांकन स्तरले निश्चित देशको निश्चित आवेदकहरुलाई अष्ट्रेलियालको अध्यागमन कार्यक्रमको निष्ठाले गर्ने जोखिम मापण पनि गर्दछ। मूल्यांकन स्तर १ मा कम जोखिम छ भने मूल्यांकन ३ ले सबै भन्दा बढि जोखिम प्रतिनिधित्व गर्दछ। तपाईं कुन स्तरमा पर्नुहुन्छ यँहा क्लिक गरि हेर्न सक्नुहुन्छ ।

सन्दर्भ स्रोत : स्टडी माई वे र डिपार्टमेन्ट अफ माइग्रेशन एण्ड बोर्डर प्रोटेक्सन,अष्ट्रेलिया

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top