INSIDE AUS

अष्ट्रेलिया आउन झनै सजिलो,४ थरिका नयाँ वर्किङ भिसा लागू

aus-visa

मेलबर्न । अष्ट्रेलियाले घोषणा गरेको चार नयाँ वर्किङ भिसा १९ नोभेम्वर शनिवारदेखि कार्यान्वयनमा ल्याएको छ । यसअघि ७ थरिका अस्थायी वर्किङ भिसा दिदै आइएकोमा शनिवारदेखि ४ थरिमा सीमित पारिएको हो ।

४ थरिका नयाँ अस्थायी वर्किङ भिसाहरु यस प्रकार रहेका छन् : 

सव क्लास ४०० टेम्पोररी वर्क भिसा :

यो अष्ट्रेलियामा कुनै विशेष काम गर्न इच्छुक विदेशीहरुलाई दिइने अस्थायी भिसा हो । यसको सीमित समय अवधि तोकिएको हुन्छ । यो भिसा अष्ट्रेलियामा सञ्चालन हुने कुनै निश्चित विषयका तालिम वा प्रशिक्षणमा आउनुपर्ने विदेशीहरुरलाई दिइनेछ ।

सब क्लास ४०३ टेम्पोररी वर्क (इन्टरनेशनल रिलेसन्स) भिसा

कुनै कुटनीतिक वा मौसमी कार्यका लागि अष्ट्रेलिया आउने विदेशीहरुलाई यो भिसा दिइनेछ । अस्थायी रुपमा अष्ट्रेलियामा काम गर्न आउनेहरुले यो भिसा प्राप्त गर्नेछन् । विशेष गरि निम्न व्यक्तिहरुले यो भिसा पाउनेछन् :

–विदेशी सरकारका प्रतिनिधि वा अष्ट्रेलियाका स्कूलहरुमा विदेशी भाषा पढाउन आउनेहरु
–विदेशी कुटनीतिज्ञहरुको घरमा काम गर्ने घरेलु कामदार
–खोप अभियानमा सहभागी हुन आउन स्वास्थ्यकर्मी र स्वयम्सेवीहरु
– कुनै मौसमी कार्यक्रममा सहभागी हुन आउनेहरु

सव क्लास ४०७ ट्रेनिङ भिसा

अष्ट्रेलियामा कुनै व्यवसायिक ट्रेनिङ लिन आउन चाहनेहरुले यो भिसा प्राप्त गर्नेछन् । यो विशुद्ध पेशागत दक्षतासँग सम्बन्धित भिसा हो ।

सब क्लास ४०८ टेम्पोररी एक्टिभिटी भिसा : 

अष्ट्रेलियामा हुने जुनसुकै सामाजिक वा सांस्कृतिक कार्यक्रम र गतिविधिमा सहभागी हुन आउनेहरुलाई यो भिसा दिइनेछ । विशेष गरि विभिन्न अनुसन्धान कार्यका लागि अष्ट्रेलिया आउनुपर्नेहरुलाई यो भिसा दिइन्छ ।

यो भिसा निम्न व्यक्तिहरुलाई दिइनेछ :

–मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन आउने कलाकार,संगीतकारहरु
–अष्ट्रेलियन संघ संस्थाले आयोजना गरेको सामाजिक तथा सांस्कृतिक कार्यक्रमका सहभागीहरु
–कुनै प्राज्ञिक वा अनुसन्धान परियोजनाका सदस्यहरु
–धार्मिक कार्यमा सहाभागी हुन आउने धर्म गुरुहरु
–कुनै खेलकूल प्रतियोगितामा सहभागी हुने वा प्रशिक्षणमा आउने खेलाडीहरु
– जनशक्ति आदनप्रदान अन्तर्गत आउने व्यक्तिहरु
–अष्ट्रेलिया सरकारले आयोजना गर्ने कार्यक्रमका प्रतिनिधिहरु
–विदेशी कार्यकारी व्यक्तिहरुको घरमा काम गर्ने घरेलु सहयोगीहरु

अष्ट्रेलियाको भिसा प्रणालीलाई अझ प्रभावकारी र कम झन्झटिलो बनाउन परिवर्तन गरिएको यहाँको अद्यागन विभागले जनाएको छ । नयाँ भिसा प्रणाली शुरु भएसँगै भिसा शुल्कमा समेत केही परिवर्तन गरिएको छ । अब आधारभूत भिसा शुल्क २७५ डलर कायम भएको छ । अष्ट्रेलियामा हुने विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका लागि विदेशबाट कलाकारहरु झिकाउने स्पोन्सरहरुलाई थप राहत हुने भएको छ । किनभने यसअघि ३८० डलर भिसा शुल्क लाग्दै आएकोमा अब २७५ डलर तिरे पुग्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top