काठमाडौं । असाधारण साहसिक सफलता प्राप्त गर्ने विश्वका १० साहसी खेलाडीको सूचीमा परेकी नेपालकी विश्व चर्चित धाविका मीरा राईलाई जिताउन अनलाइन भोटिङ शुरु भएको छ ।

विश्वका धेरै दौड प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेकी मीरा नेसनल जियोग्राफी ‘एडभेन्चर अफ द इयर’को सूचीमा टपटेनभित्र पर्न सफल भएकी हुन् । साहसी अल्ट्रा ट्रेलर रनर मीरालाई विजेता चयन गर्न ३ नोभेम्बर अर्थात शुक्रवारदेखि अनलाइन भोटिङ सुरु भएको हो । मीरालाई आगामी डिसेम्बर १६ तारिखसम्म भोट गर्न सकिनेछ । विश्वभरबाट गरिने भोटका आधारमा अर्को वर्षको जनवरीमा विजेता घोषित गरिनेछ ।

मीरासँगै केभ ड्राइभर क्रिजिस्तोक स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकट शानन स्विट्जर, प्याराग्लाइडर एन्टोली जेरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड, केभिन फेडार्को, वाइल्डरनेस डिफण्डर क्रिस्टिन, म्याडिभिट तोम्प्कीन तथा सेलेस्टियल सर्कुमनेभिगेटर होकु नेसनल जियोग्राफीको मनोनयनमा छन् ।

twgg-advertise

नेसनल जियोग्राफीले मीरासहित टपटेनभित्र परेका १० साहसिक खेलाडीको सूची गत शुक्रबार सार्वजनिक गरेको हो । नेसनल जियोग्राफीले हरेक वर्ष सञ्चालन गर्ने प्रतिस्पर्धाको यो १२ औं संस्करण हो । पूर्व छापामार हुँदै धाविका बन्ने फरक जीवन कथा बोकेकी मीरा सन् २०१६ को ‘एडभेन्चर अफ द इयर’का लागि छनौट भएकी हुन् । यो प्रतिस्पर्धामा साहसिक खेल, अन्वेषण, मानवीयता र संरक्षण क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिहरूलाई छनौट गरिन्छ ।

शनिवारसम्मको नतिजामा ९ प्रतिस्पर्धीहरुलाई पछि पार्दै धेरै भोट पाएर पहिलो नम्बरमा रहेकी छिन् । उनलाई लगातर १७ दिनसम्म भोट दिन सकिनेछ । नेपाली चेली मिरा राईलाई जिताउन यहाँ क्लिक गरेर भोट दिन सकिनेछ ।

Comments

comments