मेलबर्न । अरु जुनसुकै काम गर भने पनि शायद माधव न्यौपानेलाई गाह्रो नलाग्ला तर यदि कसैले लोक गीत संगीतको काम छोड भन्यो भने शायद उनी सक्दैनन् । किनभने उनी लोक गीत र संगीतको क्षेत्रबाट अलग रहनै सक्दैनन् । त्यसैले त उनी नेपालबाट यदि परको देश,यति व्यस्त र प्रतिस्पर्धी जीवनशैली भएको देश अष्ट्रेलियामा आइपुगे पनि नेपाली गीत संगीतलाई उत्तिकै माया गरिरहेका छन् । साथीसंगी,परिवार र आफ्ना लागि समेत केही समय उभारेर उनी लोक गीत संगीतलाई समय दिइरहेका छन् ।

विक्रम् सम्वत २०४६ सालमा गुल्मीमा जन्मेक माधव सानैदेखि गीत संगीतमा रुची राख्थे । उनलाई अझै पनि थाहा छ उनले कक्षा २ मा पढ्ने ताका नै एउटा गायन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए । त्यो जीतपछि उनी अझ उत्साहित बनेर गीत संगीतमा लाग्दै गए । त्यसबीचमा उनले बुटवलमा आयोजना हुने विभिन्न साना ठूला प्राय सबै कार्यक्रमहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै गए । त्यसले उनको क्षमता र प्रतिभा अझ निखार बन्दै गयो ।

madhav-3त्यहीबीचमा २०५८ सालमा उनले नेपाली लोक तारामा भाग लिए । उनी प्रतियोगितामा सेलेक्ट त भए तर संगीतको ज्ञान थोरै भएको कारण देखाई उनी टप १५ भन्दा अघि बढ्न सकेनन् । त्यसले उनलाई निराश पारेन बरु विधिवत सांगीतिक ज्ञान लिनुपर्छ भन्ने प्रेरणा जगायो । त्यसैले उनी वुटवलकै बागेश्वरी संगीतालयमा भर्ना भए र गुरु सुरेश सेन्च्युरीबाट आधारभूत संगीतको प्रशिक्षण लिन थाले ।

माधवको खुबी के हो भने लोक गीतका शब्दहरु प्राय उनी आफैं कोर्छन् । अहिलेसम्म उनले १६५ भन्दा बढी लोक गीतहरु लेखिसकेका छन् । तीमध्ये केही रेकर्ड भैसकेका छन् भने केही रेकर्ड गराउने तयारीमा छन् ।

हाल मेलबर्नमा बस्दै आउका उनी अष्ट्रेलियाको व्यस्त समयमा पनि केही समय गीत संगीतका लागि उभार्छन् । उनी भन्छन्–जहाँ इच्छा,त्यहाँ अनेक उपाय । नेपाली गीत संगीत सुन्न म औधि मन पराउँछु । यो विना जीवन नै खल्लो लाग्छ ।

उनले अहिलेसम्म तीनवटा गीत र म्यूजिक भिडियो श्रोता दर्शक माझ ल्याइसकेका छन् । यस्तै अरु २ वटा गीत बजारमा आउने क्रममा छन् ।

twgg-advertise

माधवको पहिलो रकेर्ड भएको गीत कोही कोही त मसँग रिसाएकी छन् हो । यही गीतबाटै उनले दर्शक र श्रोताहरुले भने खुशी बनाउन सके र उनी सफल भए । नेपाली मिडियाहरुमा झण्डै एक महिना यो गीत काउनडाउनमा नम्बर १ मा रहन सफल भयो । त्यसपछि उनले अर्को गीत ल्याए–आमा कसम सुन्तली । अलि रमाइलो र फन्नी खालको यो गीत दर्शक श्रोताले खुब मनपराए । नशा पिउँदै छु माधवको तेस्रो रेकर्ड भएको गीत हो ।

अब उनी छिट्टै केही नयाँ गीतहरु ल्याउने योजनामा छन् । उनको आफ्नै शब्द र संगीत रहेको वनको न्यौउली रोयो गीत छिट्टै रिलिज हुने तयारीमा रहेको उनले बताए । यसको उनले म्यूजिक भिडियो समेत तयार पारेका छन् । म्यूजिक भिडियोमा पनि माधव आफैंलाई मोडलका रुपमा देख्न पाइनेछ । त्यसमा आशा खड्काले उनलाई अनस्क्रिनमा साथ दिएकी छिन् ।

यो गीतमा उनले नेपाली युवाहरुमा बढ्दो विदेश मोहले गाउँघर रित्तिदै गएको प्रसँगलाई समेटेका छन् ।

बहुप्रतिभाशाली माधवको अर्को कमेडी गीत ढुकुर ढुकुरनी पनि तयार भैसकेको छ । आफ्नै लय र शब्द रहेको यो गीतको भिडियोमा पनि उनी आफैंले अभिनय गरेका छन् भने करिश्मा ढकालको पनि यसमा अभिनय रहेको छ । अहिले नेपाली समाजमा मायाको नाममा भित्रिएको विकृतिमाथि व्यङ्ग्य गरेका छन् ।

 

Comments

comments