काठमाडौं । तिहार भन्ने वित्तिकै झिलिमिली बत्ती,रंगीचंगी फूलसँगै नरम गरम सेलरोटीको पनि पर्व हो भन्ने बुझिन्छ ।

भोलि भाइटीका भएकोले यतिखेर धेरैजना दिदीबहिनीहरु सेलरोटी पकाउन व्यस्त हुनुहुन्छ होला,कति चाहिं योजना बनाउँदै पनि हुनुहुन्छ होला । कहिल्यै सेलरोटी नपकाएका तर यसपटकदेखि पकाउन लाग्नुभएका वा विदेशमा रहेर पनि नेपाली सेलरोटी आफैंले पकाएर तिहारको झल्को मेटाउन लाग्नुभएकाहरु सेलरोटी कसरी बनाउने भन्ने द्धिविधामा हुनुहुन्छ होला । तर अहिलेको जस्तो इन्टरनेटको जमानामा त्यस्तो द्धिविधा पालिरहनु मूर्खतापूर्ण कार्य मानिन्छ । किनभने इन्टरनेट र युट्युवमा यस्ता दर्जनौं भिडियो र फोटोकथाहरु छन् जसले सेलरोटी कसरी पकाउने भनेर सजिलो तरिकाले सिकाउँदछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

त्यसैले हाम्रा पाठकहरुका लागि यसपटक हामीले युट्युवमा भेटिएको यम्मी नेपाली किचेनको यो भिडियो सामाग्री रिपोष्ट गर्दैछौं । जम्मा ४ मिनेट ४१ सेकेण्डको यो भिडियोमा मज्जाको सेल कसरी बनाउँने भन्ने देखाइएको छ । सेलका लागि आवश्यक सामाग्रीदेखि मुछ्ने विधि र गोलाकार कसरी बनाउनेसम्मका विधिहरु भिडियोमा हेर्न सकिन्छ ।

त्यसमाथि प्रस्तोताले सविस्तार नेपाली भाषामै विधिहरु सविस्तार वर्णन गरिएकोले अझ सजिलो हुनेछ ।

Comments

comments