काठमाडौं । मासु खान रुचाउँनेहरुका लागि लोकल कुखुराको मासुको नाम लिने वित्तिकै मुख मिठ्याउँन थालिहाल्छन् । हुन पनि लोकल कुखुराको मासु जति मीठो हुन्छ,त्यति नै यसको झोल । अझ दशैं शुरु भइसकेको यो बेला लोकल कुखुराको परिकार बनाएर खाने धेरैको योजना होला । त्यसैले लोकल कुखुराको मासु कसरी स्वादिलो गरि पकाउँने भन्नेबारे सामाग्री प्रस्तुत गर्दैछौं ।

आवश्यक सामाग्री : 

कुखुराको मासु १ केजी
तेल ३ चम्चा
प्याज २ वटा
गोलभेंडा २ वटा
चिकेन मसला थोरै
जिरा
लसुन
अदुवाको पेस्ट २ चम्चा
नुन स्वादअनुसार ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggपकाउँने विधि :

कराहीमा तेल तताएर प्याजलाई खैरो हुने गरी भुट्ने । पखालेर मासु निकालेको कुखुराको मासुलाई प्याजसँगै मज्जाले भुट्ने । एकछिन पकाएपछि अदुवा, लसुन तथा जिराको पेस्ट हाल्ने । सानो आँचचमा छोप्दै पकाउने । बिस्तारै पानी सकिन लागेपछि गोलभेंडा हाल्ने । लोकल कुखुरा भएकाले आधा घन्टाजति मज्जाले पकाउनुपर्छ । लोकल कुखुराको मासु भारत र ढिंडोसँग खाँदा अझ स्वादिलो हुन्छ ।

Comments

comments