परिकार

दशैंतिहारका लागि अष्ट्रिचको मासुमा भारी मूल्य छुट

ostrich

काठमाडौं । अष्ट्रिच नेपाल प्रालिले नेपालीहरुको ठूलो चाड दशैं र तिहारको अवसरमा अष्ट्रिचको मासुको मूल्य भारी मात्रा घटाएको छ ।

चाडपर्वमा सबैले सस्तो मूल्यमा गुणस्तरीय मासु खान पाउन् भन्ने उद्देश्यले अष्ट्रिच नेपाल प्रालिले सहुलियत दरमा मासु उपलब्ध गराउँन शुरु गरेको हो ।

अब उपभोक्ताहरुले आधा किलोग्राम अष्ट्रिच मिट ४ सय ४५ रुपैयाँमा खरिद गर्न सक्नेछन् । कुनै उपभोक्ताले फल मासु मात्र खरिद गर्न चाहेमा आधा किलो अष्ट्रिच मिटलाई मात्र ७ सय ४५ रुपैयाँ तिर्नुपर्नेछ ।

स्वास्थ्यका लागि अष्ट्रिच मिट

अष्ट्रिच मिटमा पाइने ओमेगा ३, ६ र ९ ले मुटुलाई बलियो गराउन सहयोग पुर्याउने भएकाले डाक्टरहरु रेडमिट खानैपर्ने भएमा अष्ट्रिच मिट खान सल्लाह दिन्छन् । अमेरिकन हार्ट एसोसियसन र डाइबिटिज एसोसियसनले पनि अष्ट्रिच मिटलाई मुटु तथा डाइबिटिजका बिरामीहरुले खान सक्ने मासु भनेर उल्लेख गरेको छ । यसमा विभिन्न पौष्टिक तत्वहरु हुन्छन्, जसले उपभोक्तालाई स्वस्थ रहन मद्धत गर्छ ।

ब्लड प्रेसर सन्तुलन राखिमुटुलाई स्वस्थ राख्न, छारे रोग, अटिजम लगायतबाट बच्न, रोगसँग लड्ने क्षमता वृद्घि गर्न र मांशपेशी स्वस्थ राख्न, महिनावारीमा हुने दुखाइ र मानसिक तनाव घटाउन, डिप्रेसनबाट बच्न र शारीरिक स्फुर्ति कायम राख्न, थाइराइड, दम लगायत रोगबाट बच्न र नशा बलियो बनाउन, स्वस्थ तौल कायम राख्दै शरीरको वृद्धिरविकास गर्न, नर्भस सिस्टम, लिभर, किड्नी, दाँत र हड्डी स्वस्थ राख्न यो मासु लाभदायक छ ।

अष्ट्रिचको मासु राजधानी काठमाडौं सहित देशका विभिन्न शहरहरुमा उपलब्ध छ । साथै अष्ट्रेलियामा रहेकाहरुले पनि यसपटकको दशैंमा नेपालमा रहेका आफ्ना घरपरिवार र आफन्तहरुलाई अष्ट्रिचको मासु गिफ्ट दिन सक्नेछन् । हिमालयन कङ्गारुको सिस्टर कम्पनी www.caketonepal.com.au ले यस्तो व्यवस्था गरेको हो ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top