मेलबर्न । दशैं तिहार लगायतका ठूला नेपाली चाडपर्वहरु नजिकिएसँगै अष्ट्रेलियाका नेपाली समुदायलाई पनि चाडपर्वको रौनकले छोप्न थालेको छ । त्यसैले चाडपर्व केन्द्रीत विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने क्रम ह्वात्तै बढेको छ ।

त्यसैक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाले दशैं तिहारको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

आगामी अक्टुबर १ शनिवार अर्थात दशैँको घटस्थापनाको दिन प्रत्यक्ष भेट्घाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो । जनसम्पर्क समितिको आयोजनामा हुने उक्त कार्यक्रममा बार्बिक्युको समेत व्यवस्था रहने बताइएको छ । कार्यक्रम स्थानीय कोबर्ग लेक पार्कमा मध्यान्हको १२ बजेदेखि अपरान्ह ४ बजे सम्म जारी रहनेछ ।

दशैं तिहारको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा सपरिवार सहभागी हुन सबै नेपाली समुदायलाई आयोजकले अग्रीम रुपमा निमन्त्रणा गरेको छ ।

Comments

comments