-निम्बल श्रेष्ठ
जिन्दगीमा फेरि अर्को जोखिम उठाउँन मन लाग्यो
समयसँगै ओइलिएका सौखहरु जाउँन मन लाग्यो ।
खै कुन कुराको दौड हो यो
थाहै नपाई भागीरहेको छु
भाग्दा भाग्दै आधा जीवन वितिसक्यो
फेरि पनि एउटा दौड दौडिन मन लाग्यो
दुनियाँदारीको संघर्षले आत्म कुपोषित भयो
फेरी प्रेमको सागरमा पौडिन मन लाग्यो ।
जिन्दगीमा फेरि अर्को जोखिम
उठाउँन मन लाग्यो ।
लघु सपना,वृहत सपना देख्दा देख्दै
सपना हो कि भ्रम हो भन्ने होशै नगरि
सपनाकै संसारमा आधा जीवन वितिसक्यो
फेरि एउटा सपना आज देख्न मन लाग्यो
संसारिक मोहजालले खुइलिसक्यो संसारिक प्रेम
फेरि खोक्रो हृदयमा अर्को प्रेम गीत लेख्न मन लाग्यो
समयसँगै औलिएका सौखहरु जगाउँन मन लाग्यो ।
-फ्रि टाउन