परिकार

घरमै पोर्क मम बनाउँने तरिका

momo

काठमाडौं । मम नेपाली खानाको पहिचान बनिसकेको छ । नेपालमा मात्र होइन विदेशमा हुने नेपालीहरु जो ममका पारखी छन्,मम खानकै लागि नेपाली वा भारतीय रेष्टुराँमा जाने गर्छन् ।

वफिलो तातो मम चिसो झोलका साथ खान पाउँदा कतिले त नेपालमै पुगेको अनुभव पनि गर्दछन् । ममका पनि विभिन्न प्रकार र स्वाद हुन्छन् । तीमध्ये विदेशमा सजिलै पाइने पोर्कको ममको कुरा गर्ने बित्तिकै कतिको मुखमा पानी नै आउँछ । पोर्क मम आफै घरमा पनि तयार गरेर खान सकिन्छ । त्यसैले पोर्क मम कसरी बनाउँने भन्नेबारे यहाँ सरल तरिका प्रस्तुत गर्दैछौं ।

सामग्री :
पोर्क किमा : आधा केजी
प्याज (पेस्ट) : आधा केजी
अदुवाको पेस्ट : ५० ग्राम
नुन : स्वादअनुसार
मैदा :एक केजी

विधि :

किमामा सबै मसला हालेर मोल्ने । एउटा अर्काे भाँडामा मैदा मुछेर आवश्यक आकार दिई किमा भित्र राखेर स्टिम गर्ने ।
ममलाई आफ्नो स्वादअनुसार टमाटर वा पुदिनाको अचारसँग सर्भ गर्न सकिन्छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top