एजेन्सी । तपाइँ आफ्नो केटाकेटीलाई भिडियो गेम खेल्न रोक्नुहुन्छ? यदि त्यसो हो भने तपाइँ गलत गर्दैहुनुहुन्छ । किनभने एक नयाँ अध्ययनमा भिडियो गेम खेल्ने किशोरकिशोरी पढाइमा पनि अब्बल हुने गरेको कुरा पत्ता लागेको छ ।

अष्ट्रेलियाका एक जना प्राध्यापकको इन्टरनेसनल जर्नल अफ कम्युनिकेसनमा प्रकाशित रिपोर्टअनुसार भिडियो गेम खेल्ने किशोरकिशोरीहरुले गणित, विज्ञानजस्ता विषयमा राम्रो प्रदर्शन गरेका छन्।

भिडियो गेम खेल्दा पटकपटक समस्या समाधान गर्नुपर्ने र अर्को लेभलमा जानुपर्ने हुनाले सामान्य ज्ञान तथा गणित र विज्ञानजस्ता विषयमा अत्यावश्यक सीप विकास गर्न पनि सहयोग पुग्छ’, ‘रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक अल्बर्टो पोस्सोले रिपोर्टमा लेखेका छन् ।

पोस्सोले १५ वर्ष उमेरका १२ हजार अष्ट्रेलियाली विद्यार्थीहरुमा अनुसन्धान गरेका थिए। विद्यार्थीको खेल खेल्ने बानी र उनीहरुले स्कुल प्राप्त गर्ने विषयगत अंकका आधारमा सो निश्कर्ष निकालिएको हो।

नियमित भिडियो गेम खेल्ने विद्यार्थीले विज्ञान विषयमा औसतभन्दा १७ अंक बढी प्राप्त गरेका थिए भने गणितमा १५ अंक बढी। त्यस्तै सामाजिक सञ्जालमा व्यस्त विद्यार्थीले भने औसतभन्दा ४ प्रतिशत कम अंक हासिल गरेका थिए ।

Comments

comments