विशेष

यही महिनाभित्र नेपालमा ९ म्याग्निच्यूटको भूकम्प जाने चेतावनी

Hooger-Quake

काठमाडौं । बेलायतका एक विख्यात भूकम्पविज्ञले नेपालमा यही अगष्ट महिनामै अर्को महाविनाशकारी भूकम्प जानसक्ने खतरा रहेको बताएका छन् ।

यसअघि नेपालमा वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका ती भूकम्पविज्ञले विश्वका थुप्रै शक्तिशाली भूकम्पहरुको भविष्यवाणी गरेका थिए । उनले केही दिनभित्रै नेपालमा ९ म्याग्निच्यूटसम्मको भूकम्प जानसक्ने चेतावनी दिएका छन् ।

फ्रयांक हुगरविट्स नाम गरेका नेदरल्याण्डका यी भूकम्पविदले विभिन्न ग्रह,चन्द्रमा र सूर्यको अवस्थितिलाई अध्ययन गरि भूकम्पको भविष्यवाणी गर्दै आएका छन् ।

उनले www.ditrianum.org नामक वेव पोर्टलमा एउटा आलेख प्रकाशित गर्दै यही अगष्ट २० देखि सेप्टेम्वर ४ भित्रमा शक्तिशाली भूकम्प जाने चेतावनी दिएका हुन् । यसबीचमा आउँने भूकम्प अत्यन्त खतरनाक हुने दाबी गर्दै उनले त्यसका लागि पहिले नै योजना बनाउँन सुझाव समेत दिएका छन् । विशेष गरि अगष्ट २२ देखि २५ सम्मको समय अत्यान्त नाजुक रहने उनको दाबी छ ।

उनको अनुसन्धानमा नयाँ प्रविधि अपनाएकोमा फ्रयांक हुगरविट्सको आलोचना समेत हुँदै आएको खबर बेलायतको प्रसिद्ध द एक्सप्रेसको अनलाइनमा प्रकाशित छ ।

http://www.express.co.uk/news/weird/696322/Earthquake-mystic-predicted-Nepal-disaster-and-now-warns-of-mega-quake-THIS-MONTH

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top