एजेन्सी । भारतको मुम्बई–गोवा हाइवेमा रहेको पुल भत्कँदा दुई वटा बस नदीले बगाएको छ ।

सावित्री नदीमा बनेको पुल भत्कँदा दुई बस र अन्य सवारी साधनसमेत नदीमा बगेको रायगढ जिल्ला प्रमुख शितल हगले पुष्टि गरेका छन् । उनका अनुसार बसमा २२ जना सवार थिए । नदीमा बगेको बसमा रहेका यात्रुका बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन । बसमा २२ जना रहेको बताइए पनि यसको पुष्टि भने हुन सकेको छैन । यो घटना मंगलबार अबेर राति भएको हो । महाराष्ट्र राज्यमा विगत २४ घण्टामा भारी वर्षा भएको छ।

वर्षापछि नासिकको ९२ वटा गाउँ जोखिममा परेको छ। नासिकमा मात्र नौ घण्टामा १४१ मिलिमिटर पानी परेको छ ।

Comments

comments