मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नयाँ नेपाली फुटबल र क्रिकेट क्लबको स्थापना गरिएको छ । कोबर्ग राइनोज फुटबल क्लब र गोर्खाली क्रिकेट क्लबको आइतवार संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

मेलबर्नको बिगबेली एशियन रेष्टुरेन्टको हलमा आयोजित विशेष समारोहकाबीच भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले दुवै क्लबको औपचारिक सुरुवात गर्नुभयो । ग्रेस ईन्टरनेशनल, बिग बेली र यति ट्राभल्स मेलबर्नले क्लबलाई प्रायोजन गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै महावाणिज्यदूत योञ्जनले नयाँ खुलेका क्लबले फुटबल र क्रिकेटको क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गर्दै सफलताको कामना गर्नुभयो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका महासचिव टोनु घोतानेले क्लब शुभारम्भको शुभकामना दिनुभयो । मेलबर्न राइनोज फुटबल क्लब शिव देवकोटाको नेतृत्वमा र गोर्खाली क्रिकेट क्लब प्रयास सुवेदीको अगुवाईमा स्थापना भएको हो ।
मुख्य प्रायोजकहरुको तर्फबाट बोल्दै ग्रेस ईन्टरनेशनलका प्रबन्ध निर्देशक रामचन्द्र पौडेल र मेलबर्न निर्देशक दिपक आचार्यले खेलको माध्यमबाट स्वस्थ र अनुशासित समाज बनाउने प्रयासमा आफूहरुको सदैव साथ रहेको बताउनुभयो । उहाँहरुले नेपाली क्लबलाई सहयोग गर्न र सहकार्य गर्न पाउनु गौरवको विषय भएको पनि बताउनुभयो ।

jarsiकार्यक्रममा न्याभका पूर्वअध्यक्ष एवं नेपाली समूदायका अगुवा बम योञ्जन, न्याभका उपाध्यक्ष तारा गैरे, चितवन समाजका अध्यक्ष सोम तामाङ, पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सुनम गौतम लगायतले क्लबको सफलताको शुभकामना दिनुभएको थियो । उक्त अवसरमा दुईवटै क्लबको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

Comments

comments