भक्तपुर । भक्तपुरमा बन्ने दही निकै प्रसिद्ध छ, जसलाई जु–जु धौ भनिन्छ। भक्तपुरको जु–जु धौ काठमाडौं उपत्यकाको मौलिक र शुद्ध दही मानिन्छ।

परम्परागत रूपमा तयार पारेर बजारमा बेच्न लगिने जु–जु धौ आधुनिक तरिकाले बनाइने दहीभन्दा स्वादिलो र स्वस्थकर मानिन्छ।

भक्तपुरमा मौलिक तरिकाले जु–जु धौ बनाइन्छ । भुस बिछ्याएको कोठामा माटोको विभिन्न आकारका सफा भाँडा मिलाएर राखिन्छ।त्यसमा पहिला उमालेपछिको दुध आधा–आधा भाँडो राखिन्छ, केहीबेरपछि थप आधा दुध राखेर ढकनीले छोपिन्छ।

त्यसपछि बाहिरबाट सिरकजस्तै बाक्लो लुगा ओढाएर तीन घण्टासम्म छोपेर राखेपछि जु–जु धौ तयार हुन्छ। हेर्नुस्, यसरी तयार गरिन्छ जु–जु धौ :

शब्द र तस्बीर : सुरेश दमरु
स्रोत : नेपाल खबर

 

फोटो शब्द : सन्देश दुमरु
साभार : नेपालखबर

Comments

comments