विचार/ब्लग

काँग्रेस–माओबादीको सरकार : काम की आत्मघात ?

laxman

–लक्ष्मण गौतम

नौ महिने ओली सरकारले रामो काम गर्यो,नराम्रो काम गर्यो वा उखान टुक्का मात्र ठोक्यो ? त्यो समिक्षा र बहसको बिषय होला । तर अब ओली सरकार ढल्यो,यो यथार्थ हो । काँग्रेस र माओबादी बीच भएको सहमतिको पालना भयो भने अबको केही दिनमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ला तर सरकारको साँचो भने काँग्रेसको गोजीमा हुनेछ । प्रचण्ड वालुवाटारको कुर्चीमा त बस्लान तर कुर्चीको खुट्टा काँग्रेसको हातमा हुने छ । अब बन्ने नयाँ सरकारले राम्रो काम गरेर ओली सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सकेन भने भोलिको चुनावमा जनताले काँग्रेस र माओबादीलाई ढाल्नेछन् ।

काँग्रेस र माओबादीको अग्नि परीक्षा मन्त्रीमण्डल गठनबाटै सुरु हुने छ । अबको नयाँ मन्त्रीमण्डल संबिधानले तोके बमोजिम २५ जना भन्दा बढीको बनाउनु हुदैन,ओली सरकार ले झैँ ६–६ जना उपप्रधानमन्त्री पनि बनाउनु हुदैन । र,सबै भन्दा ठूलो कुरा पटक पटक मन्त्री बनेर भ्रष्ट्राचारमा मुछिएर अलोकप्रिय बनेका र पटक पटक मन्त्री बनेर पनि सिन्को भाच्न नसकेकाहरुलाई मन्त्री मण्डलमा समाबेश गर्नु हुदैन । अब बन्ने नयाँ मन्त्रीमण्डलमा केही गर्न सक्ने आशा,ईच्छाशक्ति र भिजन भएका नयाँ अनुहारहरु समाबेश गर्न सक्नुपर्छ ।

prachanda deubaओली सरकारका पालामा भूकम्प पीडितलाई एकमुष्ट २ लाखको माग गरेर संसद अवरुद्ध गर्ने काँग्रेस र आफू प्रधानमन्त्री बने ५ लाख दिने घोषणा गरेका प्रचण्डले अब कति दिने छन्, त्यो जनताले पक्कै हेर्ने छन् । मधेसबादीका जायज माग पुरा गरेर उनीहरुलाई पनि सरकारमा सामेल गराई राष्ट्रिय एकता बलियो बनाउन सक्नुपर्छ । तर यसमा पहिचानसहितको संघीयताको सपना बाँडेर राजनीतिक हैसियत बनाएका माओवादी र पहिचानको प पनि सुन्न नचाहने काँग्रेसको गठबन्धनले मधेसी र जनजातिको आवाजलाई कसरी सुन्छन्,हेर्न मज्जा लाग्नेछ । अर्को कुरा दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन समयमै गराउँने अभिभारा पनि अब बन्ने सरकारकै हुनेछ । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रोक्न सक्नुपर्छ । महंगी र कालोबजारीको नियन्त्रण गर्न सक्नुपर्छ ।

यदि अब बन्ने काँग्रेस र माओबादीको सरकारले काम गर्न सकेन वा उही पहिले झैँ भ्रष्ट्राचारमा डुब्न थाल्यो भने काँग्रेस र माओबादी नामक पार्टीहरु इतिहासमा मात्र सीमित हुनसक्ने खतरालाई नकार्न सकिन्न । किनभने एकातिर केही वर्षभित्रै संसदीय चुनाव हुँदैछ भने काँग्रेस र माओवादीका सामू एमाले जस्तो अनुभवी र सशक्त प्रतिपक्षी रहनेछ । त्यसैले अब जनतालाई गफ र भाषण होईन काम र परिणाम चाहिन्छ ।

अब बन्ने सरकारले संबिधान संसोधन गरेर संघियता,धर्म निरपेक्षता र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता बिषयमा जनताको सुझाव र देशको आवश्यकतालाई समेट्न सक्नुपर्छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top