अष्ट्रेलिया

अष्ट्रेलियामा न्याभले ‘तीज मेला’ गर्ने,कोमल वलीले नचाउँने

Komal-Oli

मेलबर्न । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा अष्ट्रेलिया विभिन्न राज्यहरुमा समेत विविध कार्यक्रमहरु हुने गरेका छन् ।

ती कार्यक्रमहरुमा नेप्लीज एसोसियन अफ भिक्टोरिया न्याभले हरेक वर्ष गर्दै आएको तीज कार्यक्रम एउटा स्थापित कार्यक्रममा पर्दछ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि न्याभले तीज कार्यक्रमलाई निरन्तरता दिने भएको छ । महिलाहरुमा समर्पित न्याभको तीज कार्यक्रम यस वर्ष आगामी जुन १६ मा स्थानीय थन्बरी थियटरमा आयोजना गर्ने तय भएको छ ।

गत वर्ष आयोजना गरिएको तीज कार्यक्रम त्यसको भव्यताका कारण धेरैले अझै सम्झन्छन् । करिब ६५० जना महिलाहरु रातै पहिरन,चुरापोते,धागोमा सजिएर कोबर्ग टाउन् हलमा भेला हुँदा माहोल साँच्चिकै तीजमय भएको थियो । झन् त्यसमाथि गुञ्जिएका विभिन्न कलाकारका आवाजमा रहेका तीज गीतहरुले सबैलाई आफू नेपालभन्दा सात समुद्रापरिको मुलुकमा छु भन्ने विर्साइदिएको थियो ।

teejन्याभले यसपटक पनि उत्तिकै भव्यताका साथ तीज कार्यक्रम गर्ने तयारीमा जुटेको छ । कार्यक्रम कति भव्य हुनेछ भन्ने अनुमान यसमा सहभागी हुन आउँने कलाकारको नाम मात्रैले पनि पुग्छ । अर्थात यस वर्ष नेपाली लोक संगीत क्षेत्रकी अत्यन्त चर्चित तथा फरक शैलीका तीज गीतका कारण चर्चामा आइरहने वरिष्ठ गायिका कोमल ओली तीज कार्यक्रमको प्रमुख हाइलाइट रहनेछिन् । उनको यसपटक तीजको नयाँ गीत लाष्टचोटि पोइ माग्छु भन्ने बोलको गीत निकै चर्चामा छ । कोमल वलीका अलावा स्थानीय प्रतिभाहरुको गीत संगीत पनि कार्यक्रममा रहने इभेन्ट म्यानेज्मेन्ट संस्था नेप्ले इभेन्टसले जनाएको छ ।

यसपटक न्याभ तीज मेलालाई नारी निकुञ्ज अष्ट्रेलियाले पनि सहकार्य गर्दैछ । मेलालाई भव्य बनाउँन विभिन्न स्टलहरुको समेत व्यवस्था गरिएको छ । त्यसैले मेलामा कुनै स्टल राख्न चाहनेहरुका लागि अहिले नै बुकिङ शुरु गरिएको पनि आयोजकले जनाएको छ । विधि र प्रक्रिया पुर्याएर आएका आवेदनमध्येबाट न्याभ समितिले अन्तिम निर्णय गरि स्टल उपलब्ध गराइने बताइएकोछ । यूनिक मेनु भएका र प्लाष्टिकरहित सेवा उपलब्ध गराउँने आवदेकहरु प्राथमिकतामा रहने बताइएको छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top