काठमाडौं । टर्कीमा सेनाले कु गरेको छ । कु गरेपछि सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ ।

टर्कीमा फेसबुक, ट्वीटर तथा युट्युब खुलेका छैनन् । सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिए लगतै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हुन सक्ने बेलायती पत्रिका द गार्डियनको अनलाइन संस्करणले उल्लेख गरेको छ । इन्स्टाग्राम र भिमिओले भने काम गरिरहेको छ । अधिकांशले समाजिक सञ्जालमा पहुँच गुमाएको भएपनि केहीले भने पहुँच पाउन सफल भएका छन् ।

ट्वीटरले टर्कीमा आफ्नो सेवा पूर्ण रुपमा प्रतिबन्ध नलागेको जनाएको छ । फेसबुकले भने यसबारेमा केही बताएको छैन । कु गरेको सेनाले भने सामाजिक सञ्जालमा प्रतिबन्ध लगाए नलगाएको बारेमा केही बताएको छैन ।

Comments

comments