मेलबर्न । नेपाली चिकित्सा क्षेत्रको सुधारको माग राखी आठौं पटक अनसनरत डा गोविन्द केसीको आन्दोलनमा अष्ट्रेलियन नेपाली समुदायले ऐक्यवद्दता जनाएका छन् ।

चिकित्सा शिक्षा सम्बन्धी नीति र त्यस सम्बन्धीका सम्पूर्ण कार्यलाई ऐन बनाएर व्यवस्थित गर्नुपर्ने माग राख्दै अनशन बस्नुभएका डा केसीको अभियानमा सिड्नीका नेपालीहरुले ऐक्यवद्धता जनाउने भएका हुन् ।

डा केसी अनसन बस्नुभएको छैटौ दिन बितिसकेको छ । तर उहाँको मागप्रति सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको प्रति आक्रोश ब्यक्त गर्दै अष्ट्रेलियन नेपालीहरुले १६ जुलाई शनिवार दिउसो तिन बजे सिड्नीको हाइट पार्कमा शान्तिपूर्ण भेला गर्न लागेको हो ।

डा केसीले उठाउँनुभएका माग पूरा गर्न संसारभरीबाट दवाव सृजना गर्न ऐक्यवद्धता जनाउन कार्यक्रम आयोजा गर्न लागेको आयोजकले बताएको छ ।

नेपाली झण्डा सहित कार्यक्रममा सहभागि भई डा केसीको शान्तिपूर्ण आन्दोलनमा ऐक्यवद्दता जनाउँन आयोजकले अनुरोध गरेको छ । थप जानकारीलागि डा घनश्याम चापागाई ०४५०३४००५२ र डिला खरेल ०४३४३९२३४७ मा सम्पर्क राख्न सकिनेछ ।

Comments

comments