काठमाडौं ।  शुक्रबार बोलाइएको संसदको बैठक अनिश्चित भएको छ । दलहरुका आआफ्नै अडानका कारण बैठक बस्ने, नबस्ने अन्योल भएको हो ।

बुधबार संसदमा बजेटसँग सम्बन्धित विधेयक पारित सम्बन्धी कार्यसूची भएपनि संसद बैठक बस्दै नबसीकन स्थगित भएको थियो । संसदबाट बिनियोजन विधेयक पास भैसकेपनि आर्थिक विधेयक र ऋण तथा जमानत विधेयक पारित हुन बाँकी छ ।

विधेयक पास गर्दा सरकारको संसदमा बहुमत देखिने भएकाले माओवादीले निर्णय गर्न नसकेको हो । यस विषयमा कांग्रेससँग छलफल गरेर निर्णय लिने माओवादीको तयारी छ । तर कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले शुक्रबार बैठक बस्ने सम्भावना कम रहेको बताउनुभयो ।

शुत्रबार बैठक नबस्दा आर्थिक वर्षअघि नै बजेट पारित गर्ने सरकारी लक्ष्य अलपत्र पर्ने भएको छ । तर विनियोजन विधेयक पारित भैसकेकाले अरु दुई विधेयक पारित नहुँदा पनि खासै फरक नपर्ने कांग्रेस र माओवादीका नेताहरुको तर्क छ ।

Comments

comments