समाचार

फ्रेममा हाल्न दिएको कलाकृति पसलबाटै चोरी

art

ललितपुर । ललितपुरकी एक किशोरी कलाकारले सिर्जना गरेको चित्रकला शीशा पसलबाटै चोरी भएको छ ।

१६ वर्षीया कलाकार उपमा पन्तले आफैंले सिर्जना गरेको कलाकृति अज्ञात व्यक्तिले चोरी गरि लगेका हुन् । आफ्नी छोरीले बनाएको कलाकृति साह्रै मनपरेर उपमाका बाबाले फ्रेममा हाल्नका लागि जाउलाखेलको एक शीशा पसलमा उक्त चित्रकला दिएका थिए । तर पसलबाटै उक्त चित्रकला चोरी भएको जानकारी पसलेले दिएको पन्तले बताईन् ।

आफ्नो बाबालाई समेत औधी मन परेको चित्र चोरी भएपछि दुखि हुँदै उनले भनिन्–एउटा कलाकारका लागि आफ्नो कला सिर्जना चोरी गर्नु भनेको सर्वस्व लुटे सरह नै हुँदो रहेछ ।

त्यसैले चोरी भएकोबारे प्रहरी कारवाहीमा समेत जाने उनले बताइन् ।

उपमा हाल युलियन्सबाट आइबि गर्दैछिन् तर कलाकारितालाई पनि उनको सौखको रुपमा लिएकी छिन् । उनले सानै उमेरमा दर्जनौं उत्कृष्ट चित्रहरु सिर्जना गरिसकेकी छिन् ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top