अष्ट्रेलिया

नेपालकी जुनिता मोक्तानले जितिन् अष्ट्रेलियाको व्यूटी पिजेन्ट

jooni

मेलबर्न । नेपालकी जुनिता मोक्तानले अष्ट्रेलियाको प्रतिष्ठित पिजेन्ट अफ द वल्र्ड २०१६ को ताज जितेकी छिन् ।

अष्ट्रेलियाको सिड्नीमा शुक्रवार सम्पन्न प्रतियोगीतामा अन्य मुलुकका प्रतिस्पर्धीहरुलाई पछि पार्दै मोक्तानले ताज जितेकी हुन् । अष्ट्रेलियामा बसोबास गर्दै आएका विभिन्न मुलुकका युवतीहरुले प्रतियोगीतामा भाग लिएका थिए । त्यसक्रममा चीन,पोल्याण्ड,बेल्जियम,अर्मेनिया,रुस,स्लोभाकिय,मेक्सिको,फिलिपिन्स,फ्रान्स,लेबनान,इन्डोनेसिया,मलेसिया,साउथ सुडान,जिम्बावे,लक्जमवर्ग,पाकिस्तान,निदरल्याण्ड लगायतका देशका सुन्दरीहरुलाई पछि पार्दै नेपालकी मोक्तानले ताज जितेकी हुन् ।

kumari juniकाठमाडौंकी स्थायी बासिन्दा जुनिता ग्यालेक्सी पब्लिक स्कूलबाट अध्ययन गरी उच्च शिक्षा अध्ययनका लागि झण्डै एक दशकदेखि अष्ट्रेलियामा छिन् । यहाँ उनी नर्सिङ क्षेत्रमा कार्यरत रहेकी छिन् ।

peseant of the worldनयाँ नयाँ ठाउँहरु घुम्न र नाच्न मन पराउँने जुनिता यसले आफूलाई खुशी प्राप्त हुने बताउँछिन् । उनी भन्छिन्–जीवनमा अघि बढ्नुछ भने सधैं अगाडिको बाटो मात्र हेर्नुपर्छ ।

junitaउनी मिस तामाङ २०१२ र मिस नेपाल २०१३ की सेमी फाइनालिष्ट सुमी मोक्तानकी बहिनी हुन् ।

11

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top