जीवनशैली

फेरि ३ जना नक्कली डाक्टर पक्राउ

doctor-banner

काठमाडौं । नक्कली प्रमाणपत्र भएको आरोपमा प्रहरीले पूर्वाञ्चलबाट फेरि तीनजना डाक्टरलाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगरमा कार्यरत ३ जना डाक्टरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लाइफगार्ड अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर जावेद अन्सारी, वरिष्ठ बालरोग विशेषज्ञ सञ्जयकुमार दास र ट्रमा सेन्टरका महमुद अब्दुल कलाम रहेको प्रहरीले जनाएको छ । नक्कली शैक्षिक प्रमाण पेश गरी अध्ययन गरेको भन्ने आरोपमा डाक्टरलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना डाक्टरलाई शुक्रबारै काठमाडौ ल्याइएको छ ।

भारत कलकत्ता घर भएका डा. जावेद झण्डै डेढ दशकदेखि विराटनगरमा कार्यरत थिए । डाक्टर दास बालरोग विशेषज्ञका रुपमा स्थापित हुन् भने अर्का कलाम अर्थोपेडिक सर्जनका डाक्टर हुन् ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top