समाचार

गाईका लागि एक छुट्टै मन्त्रालय बनाउन माग

cow

एजेन्सी । भारतमा एक हिन्दुवादी संगठनले गाईहरूको लागि एक छुट्टै मन्त्रालय बनाउन माग गरेको छ ।

विश्व हिंदु परिषदको गोरक्ष शाखाले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारसँग गाईहरूको कल्याणकालागि एउटा छुट्टै मन्त्रालय बनाउन माग गरेको हो । बीबीसीका अनुसार भारतबाट प्रकाशित हुने ‘द हिंदुस्तान टाइम्स’ ले यसबारेमा खबर छापेको छ । समाचारका अनुसार ‘भारतीय गोवंश रक्षण संवंधर्न परिषद’ भारतीय प्रधानमन्त्री मोदीलाई उनले चुनावका क्रममा गरेको प्रतिवद्धता याद दिलाउँदै यस्तो माग गरेको हो ।

भारतमा अहले गौ हत्या र गौ मांस सेवनबारे बहस सुरू भएको छ । मोदीको पार्टी भाजपा शासित प्रदेशहरूमा गौ हत्या विरूद्धको कानुन कडा बनाईएको बताइन्छ ।

परिषदले भारतमा गौ हत्यमा पूर्ण रूपमा रोक लगाउनु पर्ने माग गर्दै त्यसको कार्यान्वयनकालागि मन्त्रालय बनाउन माग गरेको हो ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top