नेपाल खबर

राजधानीमा अब ‘मोबाइल प्रहरी बिट’

nepal police

काठमाडौं । उपत्यकामा प्रहरी जनशक्तिको अभाव खड्किएपछि महानगरीय प्रहरीले ‘मोबाइल प्रहरी बिट’ को अवधारणा ल्याएको छ ।

प्रहरीलाई स्थायी र अस्थायी बिटको माग गरेका स्थानमा जनशक्ति अभावले स्थापना गर्न नसकिरहेको बेला मोबाइल बिटको अवधारणा ल्याइएको हो ।

महानगरीय प्रहरी कार्यालयका अनुसार मोबाइल बिटको सुरु जनसेवा वृत्तमार्फत वसन्तपुर र झोछेंबाट हुने भएको छ । प्रत्येक मोबाइल बिटमा चारजना प्रहरी रहनेछन् । सात दिनमा उक्त बिट सारिने जानकारी महानगरीय प्रहरीले दिएको छ ।

उक्त बिटमा प्रहरी सहायक निरीक्षक असईको नेतृत्वमा प्रहरी खटिनेछन् । बिटमा मोटरगाडीको चक्का राखिने र आवश्यकताअनुसार स्थान परिवर्तन गर्न सजिलो हुने गरी निर्माण गरिएको छ। बिटभित्रै प्रहरीले रात बिताउन सक्ने छन् ।

‘आपराधिक गतिविधि बढी हुने स्थानको पहिचान गरेर मोबाइल बिट राखिन्छ।सुरुमा परीक्षणका लागि यो अवधारणा लागू गर्न लागिएको हो । एक महिनाभित्रै राखिसक्छौं’, महानगरीय प्रहरीका प्रमुख एआईजी प्रतापसिंह थापाले भने ।

राजधानीमा प्रहरी प्रभाग र बिटको माग अधिक छ । उपत्यकामा करिब ११ हजार प्रहरी दरबन्दी रहे पनि हाल साढे ८ हजारमात्र कार्यरत छन् । महानगरीय प्रहरीका अनुसार सबैभन्दा बढी ललितपुरमा प्रहरी प्रभाग र बिटको माग छ ।

स्थानीयले जग्गा वा घर नै उपलब्ध गराउने भन्दा पनि जनशक्ति पठाउन सकेको छैन ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top