काठमाडौँ । पार्लेजी विस्कुट बजारमा आएको लगभग ६ दशक भइसकेको छ । यो बिस्कुट मन पराउने मानिसहरुको जमात पनि उच्च रहेको छ । तर यो विस्कुटमा रहेकी बालिकाबारे धेरैलाई थाहा नहुन सक्छ ।

बिस्कुट कम्पनीले पनि उनको तस्बिरलाई प्राथमिकता साथ दशौं वर्षसम्म राखेको छ । कउराले यसबारे खोज गरेको थियो । यसबारे गरेको एक अध्ययनले उनी बालिकाबारे खोज गरेको थियो ।

अनुसन्धानका अनुसार पार्लेजी बिस्कुटमा देखिएकी बालिकाको नाम निरु देशपाण्डे रहेको छ । उनी हाल ६५ वर्षमा लागेकी छिन् । निरु ४ वर्ष ३ महिनाको हुदाँ उनको बुवाले तस्बिर खिचाएका थिए ।

प्रोफेसनल फोटाग्राफरले फोटो नखिचेको भएपनि उनको तस्बिर यति राम्रो आयो कि त्यो फोटो विस्कुट कभरमा स्थान पाउन सफल भयो । तर विकिपेडियाले दिएको जानकारी अनुसार उक्त फोटो गुञ्जन गुण्डनियाँको भएको बताएको छ ।

तर कम्पनीले भने एभरेष्ट क्रियटिभले आफैले परिकल्पना गरेर बनाएको बताएको थियो । यसबारे विभिन्न तर्क आजसम्म हुँदै आइरहेको छ ।

Comments

comments