काठमाडौं । ‘रोआनु’ नामक चक्रवातको असरका कारण नेपालमा वर्षा भएको बताइएको ।

‘रोआनु’ नामक चक्रवात देखापरेपछि शुक्रबारदेखि नेपालको मौसममासमेत गडबडी उत्पन्न भइ वर्षा भएको मौसमविदहरुले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर उक्त चक्रवात पश्चिम बंगालको खाडीबाट उत्तरपूर्व तर्फ जाने क्रममा रहेको र बंगलादेशतिर अगाडि बढ्ने क्रममा नेपालको मौसमसमेत प्रभावित भएको उल्लेख गरेको छ ।

चक्रवातको असरकै कारण शुक्रबारदेखि मुलुकका विभिन्न भागमा भारी मात्रामा वर्षा भएको महाशाखाका मौसमविद्ले जनाएका छन् । ‘पूर्वी र मध्यक्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षा हुने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अझै केही दिन वर्षा जारी रहने उल्लेख छ ।

महाशाखाले पश्चिमि क्षेत्रमा मौसमी गतिविधि बढेका कारण हल्कादेखि मध्यम खालको मेघ गर्जन सहित वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

Comments

comments