अष्ट्रेलिया

नेपाली बालकलाई ठक्कर दिने कारका चालक विरुद्ध मुद्दा दायर

seryan-thapa

मेलबर्न । गत अप्रिल ७ मा अष्ट्रेलियाको अवर्नको सडकमा कारले ठक्कर दिदा नेपाली बालकको मृत्यु भएको थियो ।

हजुरआमासँग हिडिरहेको अवस्थामा १७ महिने बालक श्रेयन थापाको कारले हानी मृत्यु भएको थियो । यस घटनामा संलग्न रहेका कारका ड्राइभरविरुद्ध अदालतमा मुद्धा दायर भएको छ ।

ड्राइभरलाई खतरनाक ड्राइभिङ गरेको, ड्राइभिङ गर्दा हेलचेक्रयाइ गरेको र यस कारण ज्यानै जाने क्षति भएको आरोपमा प्रहरीले स्थानीय बरुड अदालतमा मुद्धा दायर गरेको हो । २५ जुलाईमा स्थानीय अदालत बरुडमा उनलाई उपस्थित गराइनेछ । प्रहरीका अनुसार ड्राइभरलाई

एक नोटिस जारी गर्दै निलम्बन गरिएको छ भने उनको लाइसेन्स पनि सरेनडर्ड गर्न लगाइएको छ ।

श्रेयनका एक नातेदारले ड्राइभरमाथि लगाइएका आरोपले श्रेयनको परिवारलाई केही हदसम्म राहत मिल्ने बताए । उक्त घट्नापछि मानसिक रुपमा आघात भएकी बालककी हजुरआमा मेनुका कोल्का भने नेपाल फर्किएकी छिन् ।

घट्नाको प्रत्यक्षदर्शी अंग्रेजी बोल्न जान्ने नभएका कारण घटनाका सुरुवाती दिनमा बालक नै सडकमा पुगेकाजस्ता समाचारहरु आएका थिए । तर, प्रहरीको निरन्तरको प्रयासपछि कार चालकमाथि मुद्धा दायर गरिएको हो ।

परिवारको हक दिलाउन र क्षतिपूर्तिका लागि चाडै अर्को मुद्धा दायर गर्ने तयारी भइरहेको बताइएको छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top