अष्ट्रेलिया

अष्ट्रेलियाको भिसा झनै सजिलो,पिआरका लागि नेपालबाटै आवेदन दिन सकिने

Australian-Citizenship-1

मेलबर्न । धेरैका लागि अष्ट्रेलिया सपनाको भूमीको रुपमा रहँदै आएको छ । अष्ट्रेलियामा स्थायी बसोबासको योजना बनाइरहेकाहरुको प्रतीक्षा अब पूरा हुने भएको छ ।

अष्ट्रेलिया बसाइँ सरेर आउँन चाहनेका लागि अष्ट्रेलिया सरकारले सन् २०१६ र १७ को स्कील अकुपेशन लिष्ट (एसओएल) अर्थात दक्ष पेशाको सूची सार्वजनिक गरेको छ । बुधबार डिपार्टमेन्ट अफ इमिग्रेशन एण्ड बोर्डर प्रोटेक्सनले दक्ष पेशाको सूची सार्वजनिक गरेको हो ।

यो सूची १ जुलाई २०१६ बाट कार्यन्वयनमा आउँने बताइएको छ । दक्ष पेशाको सूचीमा १ सय ८९ (दक्ष स्वतन्त्र भिसा), ४ सय ८९ (दक्ष क्षेत्रीय प्रोभिजनल भिसा) र ४८५ (ग्राजुयट टेम्पोररी भिसा) भिसा आवेदन रहेका छन् ।

डिपार्टमेन्ट अफ इमिग्रेशन एण्ड बोर्डर प्रोटेक्सनले सार्वजनिक गरेको कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेशन लिष्ट जसको प्रयोग १९० (स्कील नोमिनेटेड भिसा), ४५७ (टेम्पोररी वर्क स्कील्ड भिसा), र १८६ (एम्पोलोयर नोमिनेटेड स्कीम) भिसा आवेदन रहेका छन् ।

अष्ट्रेलिया सरकारको सूचीमा परेको पेशामा दक्षता हासिल गरेका व्यक्तिहरुले आफ्नै देशबाट आवेदन दिन सक्नेछन् । त्यसमा नेपाल पनि पर्दछ । अर्थात नेपालीहरुले पनि सूचीमा सूचीकृत पेशामा आफू दक्ष रहेको पुष्टि गर्न सके नेपालबाटै अष्ट्रेलियाको पिआरका लागि आवेदन दिन सक्नेछन् ।

1

2

3

4

5

6

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top