मेलबर्न । अष्ट्रेलियामा हुने फेशनमाण्डू २०१६ को लागि १४ जना मोडलहरु फाइनल चरणका लागि छनौट भएका छन् ।

१ सय ३५ जनाले आवेदन दिएकोमा सिड्नीको रकडेलस्थित एभरेष्ट फंक्सन सेन्टरमा भएको अडिसनका लागि ४० जनालाई छनोट गरिएको थियो । अडिसनका लागि बोलाइएका मध्येबाट १४ जनालाई फाईनल चरणका लागि छनोट गरिएको हो । फेशनमाण्डूको आयोजना केगरिरा डटकमले गर्न लागेको हो । अर्को चरणको अडिसन पनि छिट्टै आयोजना गर्ने आयोजकले जनाएको छ । अडिसनमा टप मोडल वल्र्डवाईड २०१५ की फस्र्ट रनर अप सराह जेहान, किरण नेवा र अर्चना थापाको टोलीले सहभागीहरुको विभिन्न दक्षताको परीक्षण गरेको थियो । विशेष गरि उनीहरु बहुसांस्कृतिक कार्यक्रमका लागि उपयुक्त छन् कि छैनन् भन्ने कुरामा ध्यान दिइएको आयोजकले बताए ।

यस्तै सार्वजनिक रुपमा प्रस्तुति, रनवेमा हिंड्नका लागि चाहिने आत्मविश्वास, पोजहरु आदिलाई समेत प्राथमिकता दिइएको बताइएको छ । उक्त अडिसनमा सन् २०१५ को फेशनमाण्डूमा मोडल अफ द ईयर घोषित ब्रिट्नी सियथले यस किसिमको स्तरीय फेशन कार्यक्रममा सहभागी हुन पाउनु वास्तवमै खुशीको कुरा भएको बताइन् । मोडलहरुलाई हौसला दिँदै उनले यसले समूदायबीचको एकतालाई थप बल दिने पनि बताइन् ।

नेपाली समूदायमात्र नभएर अष्ट्रेलियावासी अन्य समूदायकाबीच पनि एउटा बहुसांस्कतिक कार्यक्रमका रुपमा स्थापित भएको फेशनमाण्डूको २०१६ मा दोश्रो संस्करण हो ।

Comments

comments