मेलबर्न । नेपालमा अत्याधिक रुचाइएको नेपाली फिल्म ड्रिम्स हेर्ने मेलबर्नवासीको ड्रिम्स पनि पूरा हुने भएको छ ।

नेपाली फिल्म क्षेत्रका पहिलो सुपरस्टार नायक भुवन केसीले पहिलोपटक निर्देशन गरेको फिल्म ड्रिम्स मेलबर्नमा आगामी मे २ मा प्रदर्शन हुने भएको हो । चाइना टाउन हलमा साँझ ७ बजे हुने ड्रिम्सको विशेष शोको अवसरमा सहभागी हुन नेपालबाट यस फिल्मका नायक अनमोल केसी र निर्देशक भुवन केसी समेत आउँने तय भएको छ । अनमोल अहिलेका युवा पुस्ताबीच निकै लोकप्रिय छन् ।

ड्रिम्सलाई मेलबर्नमा स्मार्ट एक्सेस र साथी इन्टरटेन्टमेन्टले ल्याउँन लागेको हो ।

Comments

comments