काठमाडौं । रेस्लिङ दुनियाँकी चर्चित च्यानाको निधन भएको छ । जोनी लाउरेर वास्तविक नाम भए पनि रेस्लिङ क्षेत्रमा भने उनी च्यानाका नामबाट चर्चित थिइन् ।

उनको लसएञ्जलसस्थित आफ्नै घरमा निधन भएको एजेन्सीहरुले जनाएका छन् । लागू औषधको कारण उनको निधन भएको आशंका गरिएको छ । उनको अधिकारिक ट्वीटर मार्फत बुधवार च्यानाको निधन भएको पुष्टि गरेको छ । उनी ४५ वर्षकी थिइन् ।

chynaच्याना डब्लुडब्लुई क्षेत्रकी गेम चेञ्जर मानिन्थिन् । त्यसैले उनको रेस्लिङ भिडन्त हेर्न दर्शकहरुको तँछाडमछाड हुन्थे । रोयल रम्बलमा प्रवेश गर्ने उनी पहिलो महिला समेत थिइन् । च्यानाले प्लेव्वाइ पत्रिकाका लागि मोडलिङ समेत गरेकी थिइन् भने उनले सन् २००५ मा रियलिटी टिभी शो पनि गरेकी थिइन् । त्यसपछि पोर्न दुनियाँमा प्रवेश गरेकी उनले २००४ देखि २०१३ को बीचमा ६ वटा पोर्न फिल्ममा समेत अभिनय गरेकी छिन् ।

सन् २०१३ मा पोर्न दुनियाँ पनि त्यागेर उनी जापानमा गएर बसिन् । त्यहाँ उनी अँग्रेजी पढाउँथिन् ।

उनी लागू औषधका दुव्र्यसनको लतमा फसेकी थिइन् । त्यसबाट मुक्त हुन निकै संघर्ष गरेकी उनले २००८ मा सेलिब्रेटी रिह्याव नामक कार्यक्रममा समेत देखा परेकी थिइन् ।

केही हप्ता अघि मात्र उनले युट्युब मार्फत भिडियो सार्वजनिक गर्दै आफू अझै संघर्षरत रहेको बताएकी थिइन् ।

Comments

comments