मेलबर्न । विद्यार्थी कल्याण कोषको स्थापना गर्न आर्थिक कोष जुटाउँने उदेश्यले एनआरएन अष्ट्रेलियाले शुरु गरेको वाक फर वेलफेयर आइतवार भिक्टोरियामा सम्पन्न भएको छ ।image

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको सहयोगार्थ शुरु गरिएको वेलफÞेयर फर स्टुडेन्ट कोष स्थापनार्थ एनआरएनएले शुरु गरेको यो कार्यक्रम पर्थ,सिड्नी र ब्रिसवेनको सफलतापूर्वक आयोजना पछि भिक्टोरियाको पालो आएको हो । एनआरएनए भिक्टोरियाको संयोजनमा भएको यो कार्यक्रमका लागि मेलबर्नवासी नेपाली समुदाय विहान १० बजे नै भेला भएका थिए ।

विभिन्न क्षेत्रका अपेक्षाकृत संख्यामा उपस्थित भएका सहभागीहरुले नेपाल र अष्ट्रेलियाको राष्ट्रिय झण्डा र एनआरएनएको ब्यानर बोकेका थिए । राम्रो कामका लागि नेपाली सधैं एकतावद्द छन् भन्ने बुझाउन मेलबर्नमा आइतवार पदयात्रामा देखिएको नेपालीहरुको उपस्थिति पर्याप्त रहेको पदयात्रामा सहभागी एकजनाले बताए ।

यो कार्यक्रमबाट १ करोड रुपैयाँ संकलन गरि विद्यार्थी कल्याणकोष स्थापना गर्ने एनआरएनएको योजना छ ।

Comments

comments