फेसन

नेटबलकी राष्ट्रिय खेलाडी अस्मी श्रेष्ठ कसरी मिस नेपाल बनिन् ? (फोटो फिचर)

miss

काठमाडौं । महिला आरक्षण सम्बन्धी सोधिएको प्रश्नको सटिक जवाफले हिजोसम्म सर्वसाधारणका रुपमा रहेकी काठमाडौंकी अस्मी श्रेष्ठलाई रातारात मुलुकको सेलिब्रेटी बनाइदियो । सेलिब्रेटी पनि त्यस्तो जुन् आम युवतीको सपनाको रुपमा रहने गर्दछ । अर्थात २२ वर्षीया अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा शुक्रवार राति आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन् ।

miss 1मिस नेपाल जित्न भन्दा व्यक्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिइन् । मिस नेपालको क्राउन लगाइहँदा उनको आँखाबाट आँसुको धारा रोकिएको थिएन । मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ, अन्तमा उनले भनिन् ।

miss 2२२ वर्षिय अस्मी श्रेष्ले १८ प्रतियोगिलाई जितेकी हुन् । उनले उपाधीसँगै यामाहाको स्कुटर र एक लाख प्राप्त गरेकी छिन्.। उनले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् । उनी फÞेस अफ क्यासिक डाइमण्ड २०१४ को उपाधी जितेकी थिइन् । उनी राष्टिय नेटबल खेलाडी समेत हुन् । उनले आठौं एशियन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

miss 3निर्णायक राजेन्द्र थापाले सोधेको ’महिला आरक्षण दिनुपर्छ, पर्छ र केही समयलाई दिनुपर्छ ?,’ प्रश्नमा उनको उत्तर यस्तो थियो–’महिला आरक्षण चाहिदैन कारण २१ औं शताब्दीमा हामीले पहिलो महिला राष्ट्रपति र ३ सिएनएन हिरो पाईसकेका छौं ।’

miss 4यस्तै मिस नेपाल अर्थ रोशनी खत्री घोषित भइन् । उपाधीसँगै उनले ७५ हजार र फिलिपिन्स् ऐयरलाईन्सको टिकट जितेकी छिन् । उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल इन्टरनेशनलको उपाधी भने वर्षा लेखीले जितिन् । उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट जितिन् । उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

miss 6

त्यस्तै विभिन्न विधा अन्तरगत बब्ली आयुष्मा श्रेष्ठ, फेन्डसिप अन्सु केसी, गाउन, फोटोजेनिक र इन्टेलेक्चुअल अस्मी श्रेष्ठ, फेसिनो र एथलेटिक आस्मा केसी, स्कलर र ब्युटीफूल स्किन प्रेरणा अधिकारी, कन्फिडेन्ड र पर्सन्यालिटी रोशनी खत्री, ट्यालेन्ट सृजना रेग्मी र ब्युटी विथ प्रपोज प्रतिमा दवाडीले जितिन् ।

miss 7

तस्वीर साभार : कान्तिपुर

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top