श्रीकृष्ण सिलवाल,मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियन नेपाली समुदायको छाता संगठनको रुपमा रहेको नेप्लीज एसोसियसन अफ भिक्टोरिया न्याभको आगामी कार्यकालको लागि सम्पूर्ण नेतृत्व निर्विरोध चयन भएको छ ।

न्याभको अध्यक्षमा डा अनुपमम पोखरेल सहित समपूर्ण पदाधिकारीहरु सर्वसम्मतिमा चयन भएको हो । पोखरेलको अध्यक्षतामा नव निर्वाति कार्यसमितिको खुला तर्फको उपाध्यक्षमा तारा गैरे र महिला उपाध्यक्षमा मनिषा राई निर्विरोध चयन हुनुभएको थियो । यस्तै कोषाध्यक्षमा सन्तोष पाण्डे र कार्यकारी सदस्यमा अभिषेक केसी निर्विरोध चुनिनु भएको छ ।

यसअघि कार्यकारी सदस्यमा उम्मेदवारी दिनुभएका दीपक आचार्य,अनिलकुमार श्रेष्ठ,संगीता दाहाल खत्री र खिमराज गौतमले आ आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि सम्पूर्ण कार्य समिति निर्विरोध चयन भएको हो ।

नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण र औपचारिक घोषणा न्याभ एक्सिलेन्स अवार्ड समारोहको अवसरमा आगामी अप्रिल ९ मा गरिने निर्वाचन समितिले जनाएको छ ।

Comments

comments