Uncategorized

मेलबर्नको नेपाली खेल प्रबद्र्धनमा ग्रेस इन्टरनेशनलको साथ

श्रीकृष्ण सिलवाल,मेलबर्न । नेपालबाट अष्ट्रेलिया अध्ययनका लागि आउँने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले अब यहाँका नेपाली समुदायमा खेलकुद प्रवद्र्धनमा समेत सहभागी हुने भएको छ ।

ग्रेसले कुबर्ग राइनो फुटबल क्लबलाई प्रायोजन गरेर खेलकुद प्रवद्र्धनमा लागेको हो । ग्रेसले प्रायोजन गर्ने भएपछि प्रसन्नता व्यक्त गर्दै राइनो क्लबका अध्यक्ष सरुज पौडेलले ग्रेसलाई सहयोगीका रुपमा पाउँदा खेलाडीहरुमा थप उत्साह र खुशी बढेको बताउँनुभयो ।

यस्तै ग्रेस इन्टरनेशनल मेलबर्नका निर्देशक दीपक आचार्य र ग्रेस इन्टरनेशनल ग्रुपका महानिर्देशक रामचन्द्र पौडेलले खेलाडीहरुको उत्साह देखेर आगामी दिनमा क्लबले अझ उपलब्धी हासिल गर्दै जानेमा आफू ढुक्क रहेको बताउँनुभयो । नेपाली समुदायको खेलकुदमा समर्पित क्लवलाई गरिएको सहयोगलाई निरन्तरता दिइरहनेबारे पनि सोच्न सकिने उहाँहरुको भनाइ थियो । क्लबका खेलाडीहरुले देखाउँने खेल कौशललाई मूल्यांकन गरेर थप निर्णय र सहयोगहरु बढाउँदै लैजाने योजना रहेको उहाँहरुले जानकारी दिनुभयो ।

साथै क्लबका खेलाडीहरुको अभ्यासका लागि छिट्टै स्थायी खेल मैदानको व्यवस्था समेत गरिने भएको छ । उहाँहरुले भर्खरै स्थापित क्लबहरुलाई अझ बढी प्रशिक्षण र अभ्यास आवश्यक पर्ने भएकोले त्यस्ता क्लबहरुलाई पनि माया र सहयोग आवश्यक रहेको बताउँनुभयो ।

कार्यक्रममा ग्रेस एडिलेडका निर्देशक तथा अधिवक्ता पवन थपलिया पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई अष्ट्रेलियाको स्थायी बसोबासका लागि अनुमति दिने प्रावधान रहेको जानकारी दिनुभयो ।rhino

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top