फेसन

पपस्टार बनिन् स्मृति पोखरेल

Smriti-Pokhrel-1

काठमाडौं । अष्ट्रेलियामा रहँदै आएकी गायिका स्मृति पोखरेल अब पपस्टार बनेकी छिन् । पप जेनरका गीतहरु गाउँन रुचाउँने स्मृतिले आफ्नो दोस्रो एल्बम पपस्टार यसै साता सार्वजनिक गरेकी हुन् ।

pop starएल्बम लोकार्पणका लागि हाल काठमाडौंमा रहेकी स्मृतिले एक विशेष समारोहका बीच आफ्नो नयाँ एल्बम पपस्टारको पोष्टर सार्वजनिक गर्दै एल्बमको लोकर्पण गरेकी हुन् । यसै एल्बममा समावेश गायक राजेशपायल राईसँगको युगल गायन रहेको गीतको म्यूजिक भिडियो उनले केही दिन अघि भ्यालेन्टाइन डेको अवसरमा यूट्युव मार्फत सार्वजनिक गरेकी थिइन् । उक्त गीत अहिले यूट्युव च्यानलमा पपुलर बन्दै गएको छ ।

म्यूजिक भिडियोमा आफैंले अभिनय गरेकी स्मृतिको स्वरसँगै सौन्दर्यको पनि तारिफ गर्नेहरु उत्तिकै रहेका छन् ।

smriti

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top