अष्ट्रेलिया

नेहा पुनलाई न्याय दिलाउँन नेप्ले इभेन्टस्ले जुटायो युवाहरुको आवाज

neha

 नेहा आज तिमी संग भएको घटना,भोली अरु संग हुनसक्छ

मेलबर्न । गत मंगलवार कास्कीको पोखरामा बलात्कारपछि हत्या गरिएकी नेहा पुन मगरको बलात्कारीहरुलाई यथासक्य पक्राउ गर्न सबैतिरबाट चर्को आवाज उठिरहेको छ ।

यसैक्रममा अष्ट्रेलियाबाट समेत नेहाको दुखद मृत्युप्रति शोक व्यक्त गर्दै यथाशीघ्र हत्याराहरुको पहिचान गरी कानूनी कारवाहीमा ल्याउँन आवाज उठाइएको छ । नेप्ले इभेन्टस्ले ती आवाजहरुलाई संयोजन गरी एउटा दबाबमूलक भिडियो समेत तयार पारेको छ । जष्टिस फर नेहा नाम दिइएको उक्त भिडियोमा वि एइट,स्वचित शाक्य,डिजे रे,गोर्खाली गल्र्स व्याण्ड र नेप्ले इभेन्टस् क्रिउ मेम्बरहरुको आवाज समेटिएको छ ।

भिडियोमा उनीहरुले नेहामाथि भएको ज्यादती अमानवीय र क्रुर रहेको भन्दै दोषीलाई जसरी पनि उन्मुक्ति दिन नहुनेमा जोड दिएका छन् । जुन देशमा नारीलाई लक्ष्मीको रुपमा पूजिन्छ,त्यही देशमा यस्ता घटनाहरु हुनु दुखद भएको उनीहरुको धारणा छ । यस्तै नेहामाथि भएको घट्नाले सबै नेपाली चेलिबेटीहरु आफ्नै देश र ठाउँमा नै असुक्षित रहेको संकेत भएको भन्दै उनीहरुले दुख व्यक्त गरेका छन् । यो अत्यन्त लज्जास्पद घट्ना भएको भन्दै यसमा कडा आवाज उठाउँनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

भिडियो मार्फत नेहाको घरपरिवारलाई न्याय दिलाउँन विश्वभर छरिएर रहेका नेपालीहरुलाई अपिल समेत गरिएको छ ।

नेहा पुनको हत्याको विरोध गर्दै न्यायको लागी नेपाली कलाकारहरुको आवाज समेटेर नेप्ले इभेट्सले तयार पारेको भिडियो।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top