Manoj poudel

तपाईलाई लाग्छ होला यी दुई शब्दहरु बिच के ताल्मेल न मिलेको जस्तो तर यी दुई बिच गहिरो र प्रघाढ सम्बन्ध रहेको छ। देशको बिकराल स्थिती अनी दैनिक जसोको बन्द हड्ताल झन् २०७२ को बिनासकारी भुकम्प अनि तेसपछिको भारतले गरेको नाकाबन्दीले यूवा पीडि यसरी हतोत्साही भएर छट्पटाएका छन् कि कसरी हुन्छ चाहे पेपर म्यारीज गरेर होस् वा अबैधानीक बाटो भएर होस जसरी हुन्छ पाश्चात्य मुलुक छिर्नु छ। पेपर म्यारीज् गरेर आउनु आफैमा नराम्रो भने होईन तर यो अहिले यसरी फस्टाएर आएको छ कि एउटा केटा र केटी बिचमा ठुलै व्यापार हने गरेको सुन्नमा आएको छ।बिदेस छिर्नुमात्रै ठुलो कुरो होईन त्यस पछि आई पर्ने बिभिन्न बाधा अड्चनहरु के के छन्, के तपाईलाई त्यो बारेमा जानकारी छ?

तपाई कोसँग र कस्तो स्वभाबको मान्छेसँग आउन आट्नु भएको छ, के तपाई यी सबै कुरा बुझेर आफ्नो निर्णयमा पुग्नु भएको हो। वकिलको अगाडी बसेर एउटा कागजमा सहि गरेर के तपाईले आफ्नो भविस्य कता तिर लगिरहनु भयको छ ,भोली गएर आफ्नो भविस्य कता मोडिदै छ जानकार छ तपाईलाई! के तपाईले ल्याउन आट्नु भएको साथी कतिको पैसा मुखी छ, के उ भित्र कुनै स्वार्थ त लुकेको छैन, तपाईलाई पेपर म्यारीज गरेर ल्याउनु मा।यस्ता यावत बिषयहरु बुझ्नु एकदम जरुरी हुन्छ। फेरी अघि बुढी जानिन पछि बुढी मानीन भने जस्तो नहोला भन्न नसकिएला। आज भोली पि.आर लिनलाई बिभीन्न तरिकाहरु रहेका छन्। तपाई आफैले दुःख गरेर पढ्ने अनि स्किल्ड भिसाबाट आवेदन हालेर लिने भिसा अर्को दुख केहि नगरीकन सिधै पेपर म्यारिज गरेर आउने अनि कागज पत्र मिलाएर न कलेज फि तिर्नु पर्ने झन्झट न दुनियाँ दारी झमेला नझेली कन पाईने पि.आर। तर यहाँ पि.आर भन्दा अगाडी भै परि आउने समस्या के के छन् के तपाईलाई त्योबारेमा राम्रो जिकीर छ। पि.आर लिनलाई कति गार्हो वा सहज छ, के प्लेन चड्नु भन्दा अगाडी त्यो देशको ऐन कानुन, तपाई जून बिधार्थीसँग आउनु हुँदैछ उसको सेमेस्टर फि कति छ,त्यो फि तिर्न के तपाईहरु बिचमा कुनै समझदारी भएको छ कि छैन,आफ्नो परिवारलाई यी सव बारेमा जानकारी छ कि छैन। यी सब कुरा पहिले बुझेर प्रकृया अघि बडाउन एकदम जरुरी छ।

यदि तपाईहरु बिच राम्रो सम्बन्ध छ, एकले अर्कालाई चिन्नु भएको छ, बुझ्नु भएको छ अनि तपाईको हरेक पलहरुमा उसको साथ मिल्छ भने यसलाई सकारत्मक रुपमा पनि लिन सकिन्छ। मिठो बोलीमा फस्नु भन्दा अगाडी दस चोटी सोच्नु ता कि भोली पुर्पुरोमा हात राखेर पछुताउनु नपरोस। मैले चिनेको एकजना दाई थिए, हेर्दा राम्रै थिईन् केटी, कन्सल्टेन्सीले दाईलाई आर्थीक भार कम् हुन्छ एउटा बहिनी छिन् डिपेन्डन्टमा लिएर जाउ भनेछ।उता गए पछि कलेज फिको लागी नि सजिलो हुन्छ। बहिनीले आर्थीक रुपमा पनि हेर्छिन। सोझा दाईले मलाई नि सहयोग हुन्छ भने ठिकै छ नि त भनेर प्रकृया अगाडी बढायौं। केही समय पछि भिसापनि आयो। दुवै जनासँगै आए। राम्ररीनै मिलेर बसेका थिए। तर के थाहा ति बिचरा सोझा दाईलाई। उनकी केटि कति सम्म धुर्त रहिछन्।काम पनि तेती नगर्ने,खर्च केटासँग माग्ने। करिब डेढ बर्षपछि नेपाल जान्छु भनिछीन्। केटाले राम्रै मनले हुन्छ भनेर टिकट काटेर खर्च समेत दिएर पठायो तर एयरपोर्टबाट फर्केर कोठामा आउँदा उ छाँगाबाट खसेझैं भयो। के भए छ त आखिरीमा। केटीले बिर्सेर फेसबुकको एकाउन्ट लगआउट गर्न बिर्सिछ। अनि फेसबुकमा मेसेज आयो। हेर्दा त केटीको केटा साथी रहेछ अर्को देशमा। उनीहरुको भेट ट्रान्जीटमा हुने सल्ला भएको रहेछ।

अनी नेपाल गएर बिवाह गर्न मास्टर प्लान अनि ग्रान्ड डिजाईन रहेछ। बिचरा दाईको के हबीगत् भयो होला? तपाईपनि मल्याङकन लगाउन सक्नु हुन्छ।त्यस पछि उसले नेपाल र अस्ट्रेलीया दुबै ईमिग्रेसनलाई सुचना दिएर उसलाई यहाँ आउनबाट बन्चीत गरे। यो त एउटा उदाहरण घटनामात्र हो। यस्ता घटनाहरु धेरै छन् जसबाट मान्छेलाई शारिरिक तनाब भन्दा नि मानसिक तनाब बडि भएको देखिन्छ। यहाँ भन्न खोजीएको के मात्र हो भने बिदेस आउनु मात्रै ठुलो सफलता कदापी होइन तर जब बिदेशी भूमीमा पाईला टेक्नु हुन्छ नि त्यस पछि तपाईले केके कुराको सामना गर्नु पर्छ। धेरै कुराहरु हुन्छन् जो बारेमा तपाई अनबिज्ञ हुनुहुन्छ। आफु भन्दा जान्ने बुझेकाहरुसँग उचित परामर्स लिएर पाईला चाल्दा तपाईलाई फलदायी हुनेछ अनी तपाईको भविस्य सोचे अनुरुपको सहज बन्नेछ।अन्यथा चोक्टा खान गएकी बुडी झोलमा डुबेर मरी भन्ने उखान बास्बीकतासँग मेल नखाला भन्न सकिन्न।

Comments

comments