नयाँ दिल्ली । भारतीय प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको विवरणमा गत आर्थिक वर्षको अन्त्य अर्थात ३१ मार्च २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र ४७०० रुपैयाँ नगद थियो ।

भारतीय समाचार एजेन्सी पीटीआईले प्रधानमन्त्रीको कार्यालयको हवाला दिँदै प्रेषित गरेको समाचारअनुसार मोदीको कुल सम्पत्ति १.४१ करोड रुपैयाँ छ । जबकि १८ अगस्त २०१४ मा घोषित सम्पत्ति १.२६ करोड भारतीय रुपैयाँ थियो । २६ मे २०१४ मा प्रधानमन्त्री पदको सपथ लिएका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो कुनै निजी काडी छैन । उनको बैंक खाता गजरातमा छ । दिल्लीमा उनको कुनै खातासमेत छैन । नरेन्द्र मोदीलाई कुनै ऋण पनि छैन । गरगहनाको नाममा उनीसँग सुनको चार औठी छ जसको तौल ४५ ग्राम छ। नरेन्द्र मोदीको नाममा गान्धीनगरमा १६९.८१ वर्गमिटरमा बनेको एउटा घरमा चौथाई भाग उनको नाममा छ ।

यो उनले २५ अक्टोबर २००२ मा किनेका थिए । बचतको नाममा उनीसँग २० हजार रुपैयाँ मूल्यको एलएंडटी इन्फ्रा ब्राण्डस छ । उनको नाममा ५.४५ लाख रुपैयाँको राष्ट्रिय बचतपत्र छ । उनको जीवन विमा पोलिसीको मुल्य १.९९ लाख रुपैयाँको छ । उनको कुल चल सम्पत्ति ४१.१५ लाखको छ ।

Comments

comments