काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिदै नेपाल प्रहरीका डिएसपीसहित दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । कालोबजारीको तेल तस्करलाई संरक्षण दिएवापत ललितपुरको एक होटलमा ३ लाख घुस लिइरहेका बेला अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो ।

पक्राउपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।

Comments

comments