काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)ले सल्लाहकारहरु मनोनित गरेको छ । एनआरएनए आइसीसीको ५२ औं बैठकले १० जना सल्लाहकारहरु मनोनित गरेको हो ।

आइसीसीकी प्रवक्ता रन्जु वाग्ले थापाले जारी गरेको प्रेस नोटकाअनुसार एनआरएनए आइसीसीका पूर्व महासचिव रतनकुमार झा, एनसीसी मलेसियाका पूर्व अध्यक्ष शंकरबहादुर पौडेल, पूर्व महिना सह–संयोजक राधा बस्नेत र एनआरएनए आइसीसीका पूर्व प्रवक्ता मन केसी सल्लाहकारमा मनोनित भएका छन् ।

झा अमेरिका, पौडेल मलेसिया, बस्नेत क्यानडा र केसी अस्ट्रेलिया निवासी एनआरएनए हुन् ।

यसैगरी, आइसीसीको बैठकले आइसीसीका पूर्व उपाध्यक्ष टिबी कार्की, आइसीसीकै पूर्व प्रवक्ता डा. जुगल भुर्तेल, कानुनविद् विश्वकान्त मैनाली, सामाजिक अगुवा डा. गणेश गुरुङ र उधोग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकालाई पनि सल्लाहकारमा मनोनित गरेको छ ।

यसैगरी, एनआरएन आइसीसीको बैठकले पुनः निर्माण तथा एनआरएन कार्यालय निर्माण, हजारे अभियान र सूचना ब्यवस्थापन प्रणाली सम्बन्धि टास्कफोर्सबारेका निर्णय पनि पारित गरेको छ । बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय पनि पारित गरेको छ ।

Comments

comments