एजेन्सी । जिका भाइरसको महामारीले रियो ओलम्पिक प्रभावित हुने भएको छ । तर जिका भाइरसको महामारी फैलिएपनि रियो ओलम्पिक नरोकिने ब्राजिलका अधिकारीले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको जिका भाइरसको संक्रमणका कारण ब्राजिल सबै भन्दा बढी प्रभावित छ । आउँदो अगस्ट ५ देखि २१ सम्म ब्राजिलमा ओलम्पिक प्रतियोगिता हुँदैछ । जिका भाइरसका कारण गर्भवती महिला मात्रै जोखिममा रहने र यसबाट खेलाडी तथा अरु खेल पदाधिकारीलाई असर नपर्ने भएकाले ओलम्पिक नरोकिने सरकारी अधिकारीले बताएका छन् ।

गर्भवती बाहेक अरु कसैमा जिकाको खतरा नरहेने भएकाले ढुक्क भएर ओलम्पिकमा सहभागी हुन सबै खेलाडी तथा खेल पदाधिकारीमा त्यहाँका अधिकारीले आग्रह गरेका छन् । तर गर्भवती महिलालाई भने सकेसम्म रियो ओलम्पिक हेर्न नआउन आग्रह गरिएको छ ।

Comments

comments