समाचार

मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दै

Madeshi Morcha

काठमाडौ । हिजो नै बस्ने भनिएको मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दैछ ।

हिजो नेताहरुको व्यस्तताले बैठक आज बस्न लागेको हो । बैठकमा मधेसको आन्दोलन, प्रमुख दलहरुसँग टुटेको वार्ता प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा समग्र आन्दोलनको समीक्षा हुने सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार नाकाबन्दीदेखि समग्र आन्दोलनको समीक्षा, भावी कार्यनीति, गठबन्ध निर्माणलगायतका विषयमा बैठक केन्द्रित हुनेछ ।

बैठक दिउँसो तमलोपाको सचिवालयमा बस्नेछ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

To Top