खेल

विश्वकप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दै

team nepal

काठमाडौं । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा सोमबार नेपाल र भारत खेल्दैछन् ।

सन् १९८८ देखि हुँदै आएको १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा भारत तीन पटक च्याम्पियन बनिसकेको छ ।

सन् २००२ देखि २००८ सम्मका प्रतियोगितमा छनौट भएको नेपाल त्यसपछिको सन् २०१० मा छनौट हुन सकेन भने सन् २०१२ मा खेलेको नेपाल फेरि २०१४ मा छनौटमा पर्न सकेन । यो पटक भने छनौटमा परेर अहिलेसम्म राम्रो प्रदर्शन गरेको नेपालले क्वाटरफाइलनमा स्थान बनाएको छ ।

बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर नेपाली युवा टोलीले क्रिकेट समर्थकलाई खुशीसँगै आशा पनि जगाइदिएको छ । दुई खेल जितेको नेपालले भारतसँगको खेल पनि जित्नेछ भन्नेमा नेपाली समर्थक आशावादी छन् । तर भारत आफैमा बलियो टोली हो ।

समूह डीमा रहेको नेपालले आफ्ना दुवै खेल जितेर अन्तिम ८ मा स्थान पक्का गर्‍यो । नेपालले सोमबार दुवै खेल जित्दै अन्तिम ८ मा स्थान बनाएको भारतसँग खेल्दैछ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

To Top