काठमाडौं । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा नेपालले न्युजिल्याण्डलाई २ सय ३९ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर २ सय ३८ रन बनाएको हो ।

नेपालका कप्तान राजु रिजालले ४८, सन्दिप सुनार र आरिफ शेखले समान ३९, कुशल भुर्तेलले ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्र सिंह कार्की ६ तथा प्रेम तामाङले नटआउट चार रन बनाए ।
न्युजिल्याण्डका नाथन स्मिथले तीन, क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रविन्द्र तथा जोस फिन्नीले समान एक एक विकेट लिए ।

यसअघि सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

मलेसियामा गएको अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनौट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपाल आयरल्यान्डलाई पराजित गर्दै छनौट भएको हो । यो प्रतियोगितामा नेपालसहित १६ टोली सहभागी छन् ।

चार समूहमा रहेका टोली मध्ये प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनौट हुनेछन् । नेपालले यो खेल जिते अघिल्लो चरण प्रवेशका लागि सम्भावना बलियो बनाउने छ ।

Comments

comments