काठमाडौं । नेपाली यु ट्युब क्वीनको सार्वजनिक उपाधि पाइसकेकी निक्की कार्कीको दोश्रो एकल गीत बजारमा आएको छ । “जेट उडाउँछु घुईं घुईं भुल्दिन नेपाली भूइँ” बोलको गीतमा शिखर शन्तोषले संगीत भरेका छन् भने राजेन्द्र थापाको शब्द रहेको छ ।

नेपालको भोजपुरमा जन्मेकी निक्की अहिले अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । त्यसैले उनले आफ्नो पछिल्लो भिडियो पनि अमेरिकामै छायांकन गराएकी छिन । युटुयुवमा नेपाली गीतहरुको कभर गाएरै निकै चर्चा कमाइसकेकी गायिका निक्कीले आफ्नो सोलो गीतमा पनि राम्रो गायकी प्रस्तुत गरेकी छिन ।

केही समय अगाडि आएको “हैन भन्देऊ न माया” भन्ने गीतको चर्चापछि यो गीत उनको पहिलो सोलो गीत हो । यु ट्युब स्टार निक्कीको एउटा सफल गायिका बन्ने लक्ष्य छ ।

Comments

comments