समाचार

आइएसका लडाकु नेपालको मधेसमा सक्रिय !

isis

काठमाडौं । संसारकै खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आइएस)का लडाकु नेपालमा बसिरहेको दाबी गरिएको छ ।

भारतमा पक्राउ परेको एक लडाकुले आफ्ना साथीहरुले नेपाललाई सेल्टर बनाएको भारतीय पत्रिका अमर उजालाको अनलाईन संस्करणले समाचारमा उल्लेख गरेको छ ।

भारतको उत्तरप्रदेश राज्यसँग जोडिएको नेपाल सीमा(मधेस)मा उनीहरुले आफ्नो अखडा बनाएको बताइएको छ । यसको पुष्टि रिजवान नामका आईएसका लडाकुले प्रहरी सोधपुछमा गरेका छन् । उनी भारतकै नागरिक हुन् । उनलाई मधेसको वीरगञ्ज नजिकैको भारतीय बजारबाट पक्राउ गरिएको बताइएको छ ।

खुफिया एजेन्सीहरुले गरेको सोधपुछमा रिजवानले आफू केही महिनादेखि सुरक्षाका लागि कैयौ पटक नेपाली सीमा कटेको बताएका छन् । रिजवानसँग सोधपुछ गरिरहेको मुम्बई एटीएसका साथै केन्द्रीय खुफिया एजेन्सीहरुले प्रदेशका आला पुलिस अफिसरलाई यो कुराको जानकारी गराएका छन् । र अर्लट रहन भनेका छन् ।

यद्यपी रिजवानले अहिलेसम्म उनी किन र नेपालको कुन ठाउँ गएका थिए भन्ने खुलाएका छैनन् । उनी पछिल्लो दुई वर्षदेखि आईएससँग जोडिएको खुल्न आएको छ ।

सोधपुछमा उनले आतंकवादी संगठनको गतिविधिमा सहभागी हुन् कम्प्यूटरमा ई-मेल, सोशल मीडियाको प्रयोग गर्न सिकेको र मोबाइल फोनमा पनि सोशल मीडिया तथा मेलको प्रयोग गरेको स्वीकारेका छन् ।

उनीमाथि थप अनुसन्धान जारी छ । समाचार अनुसार आतंकवादी आईएसका लडाकूले भारतीय गणतन्त्र दिवसका अवसरमा केही सहरमा आक्रमणको योजना बनाएको र उनीहरुलाई गाइड गर्ने काम रिजवानले गरिरहेको खुल्न आएको छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top